आज पश्चिमी, मध्य र पूर्वमा पानी पर्ने
Advertisement

१३ चैत्र, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार पश्चिमी, मध्य र पूर्वका केही भू भागमा पानी पर्ने भएको छ ।

महाशाका अनुसार पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभावले पश्चिमसहित मध्य र पूर्वको पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखा अनुसार अरु ठाउँमा भने बादल लाग्दै घाम लाग्नेछ । आज राति पश्चिमी क्षेत्रका केही र पूर्वको एक दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

Advertisement

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र १३ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडि भु-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि आंशिक बदलि हुने देखिन्छ। पहाडी भू-भागका  एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि भू-भागका थोरै  स्थानहरुमा र पुर्वका एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र १४ गते (शुक्रबार)

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमि भू-भागका  केहि स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पहाडी भू-भागका  थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।  हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

चैत्र  गते (शनिबार)

दिउँसोः देशको पहाडि भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि हुने देखिन्छ। पहाडी भू-भागका  एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडि भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि हुने देखिन्छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्