बढुवा भएका तीन एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
नेपालबहस संवाददाता
चैत १३, २०७६ बिहिबार १६:१३:२५
१३, चैत, काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई दज्र्यानी चिन्हद्धारा सुशोभन गरेका हुन् । नेपाल सरकार (मन्त्रीपरिषद) को २०७६ चैत ९ गतेको निर्णयअनुसार उनिहरु प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको सांगठनिक योगदान थप महत्वपूर्ण हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको प्रदर्शन गरी काम गर्नुपर्ने बताए । प्रहरी अधिकृतहरुको मेहनत, लगनशिलता, इमानदारिता र प्रष्ट सेवाभावको कदर स्वरुप पदोन्नति भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले संगठनलाई थप चलायमान बनाउनेतर्फ लाग्नुपर्ने बताए ।
नेपाल प्रहरीको मुख्य कार्य नै अपराध अनुसन्धान भएकोले यसमा थप सिपयुक्त जनशक्ति विकास गर्ने, संगठनको भावि रणनीति मजबुत बनाउने र फिल्डमा कार्य गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनेतर्फ सचेत भएर लाग्न उनले प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । एउटै नेपाल प्रहरी संगठनको रुपमा रहेको संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरी सामु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले चुनौतीबीच अवसर खोजेर संगठनको समृद्धितर्फ लाग्नु सबै प्रहरी अधिकृतहरुको दायित्व भएको चर्चा गरे ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई नेपाल प्रहरीले धैर्यता, निष्पक्षता, सहनशिलताका साथ आफूलाई प्राप्त सीप परीक्षण गरेर देखाई नेपाल प्रहरीको जनता र राष्ट्र सेवा गर्ने अवसरको रुपमा स्वीकार गर्नुपर्ने उनले उल्लेख गरे ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्सालले व्यवसायिक क्षमता, नागरिक र राष्ट्रप्रतिको सेवाभावको मूल्याङकन स्वरुप भएको पदोन्नतिले थप जिम्मेवारी बोध भएको बताए । गौरवमय इतिहास बोकेको प्रहरी संगठनको समृद्धि लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक लम्सालले आपसी एकता र भातृत्वभाव, व्यावसायिक निष्ठा र जिम्मेवारीबोधका साथ कर्तव्य निर्वाह गर्ने बताए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार