गोदावरीमा ५१ लाखको आकस्मिक कोष खडा
नेपालबहस संवाददाता
चैत १३, २०७६ बिहिबार १६:१२:५२
१३ चेत्र, ललितपुर । गोदावरी नगरपालिकाले रु ५१ लाखको आकस्मिक कोष खडा गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट नगरवासीको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राखी यसको न्यूनीकरणका लागि उक्त कोष खडा गरिएको हो ।
कोषमा सहयोग गर्न चाहने इच्छुक सङ्घसंस्था, व्यवसायी, बुद्धीजिवी, सहकारीलगायतका महानुभावहरुलाई नेपाल बैंक लिमिटेड, चापागाउँ शाखामा रहेको ०७८००१००६२८०२३०००००१ नं.को खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
छ स्थानबाट एम्बुलेन्स सेवा शुरु गरिने
नगरपालिकाले नगर क्षेत्रका छ स्थानबाट एम्बुलेन्स सेवा शुरु गर्ने भएको छ । कोही कसैलाई कोराना भाइरसको सङ्क्रमण वा आशङ्का भई तत्काल स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुपरेमा एम्बुलेन्स सेवाका लागि उक्त निर्णय गरिएको हो ।
नगरपालिकाले वडा नं ३ गोदावरी, ५ लेले, ६ आनन्दवन अस्पताल, ८ डुकुछाप, ११ बज्रबाराही र १२ ठेचोबाट सो सेवा सञ्चालन गरिने जनाएको छ । नगरपालिकाका अनुसार यदि यी एम्बुलेन्स सेवा व्यस्त रहेमा नगरपालिका प्रमुख गजेन्द्र महर्जन र उपपमुख मुना अधिकारीद्वारा प्रयोग गर्दै आएका सवारी साधनलाई समेत एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्नेछ ।
चार हजार ४८० बोरा चामल मौज्दात
नगरपालिकाका प्रमुख महर्जनसहितको टोलीले बजार अनुगमन गर्दा प्याङ्गाउँ–चापागाउँ–ठेचोमा अवस्थित खाद्यान्न स्टोरहरुमा चार हजार ४८० बोरा चामल आजसम्म मौज्दात रहेको बताएका छन् ।
मुलुकमा कोभिड–१९ को त्रास बढेसँगै यी क्षेत्रमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना हुन नदिने उद्देश्यका साथ गरिएको अनुगमनका क्रममा सो मौज्दात रहेको पाइएको छ । अनुगमनको क्रममा ३२५ बोरा दाल, ३२४ बोरा चिनी, ७४५ बाकस तेल, १४२ बोरा नुन, केही बोरा गेडाडुडी र मैदाको पिठो पनि मौज्दात रहेको नगरपालिकाले जनाएको छ ।
यसैगरी गोदावरीले यी स्टोरका अलवा अन्य किराना स्टोरमा पनि केही समयका लागि आवश्यक खाद्यन्न रहेको जानकारी गराएको छ । अनुगमन टोलीमा प्रमुख महर्जनसहित वडाध्यक्ष जगतबहादुर महर्जन, निलबहादुर देशार, दर्शनकुमार विष्ट, महानगरीय प्रहरी परिसर चापागाउँका प्रहरी नायब उपरीक्षक ९डिएसपी० कृष्णराज ओझा र गोदावरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जगनाथ महर्जन रहेका थिए ।
कोरोना प्रतिकार्य टोली गठन
नगरपालिकाले महानगरीय प्रहरी वृत चापागाउँका १५ प्रहरी सम्मिलित कोराना प्रतिकार्य टोली गठन गरी तत्काल परिचालन गरिने व्यवस्था मिलाएको छ । यी प्रहरी टोलीले कोभिड–१९ विरुद्धका विभिन्न काम गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै
बैशाख १५, २०८१ शनिबार
गुडको यो उपायले सफलता मिल्छ, धनसम्पत्ति बढ्छ
बैशाख १५, २०८१ शनिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १५, २०८१ शनिबार
राष्ट्रिय सम्पत्ति जलिरहेको छ, देशको वास्तविकता ख्याल नगरी कस्ता योजना आउने होलान् ?
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार