हत्या अभियोगमा एक महिलासहित दुई जनालाई पक्राउ
Advertisement

१३ चैत, धनुषा । शहीद नगरपालिकामा होलीपर्वमा एक व्यक्तिको हत्याको अभियोगमा एक महिलासहित दुई जनालाई पक्राउ गरिएको छ । सो नगरपालिका वडा नं ३ बस्ने ६० वर्षीय राजकिशोर मण्डलको हत्या अभियोगमा उनकी पत्नी कौशिलादेवी र वडा नं ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार मण्डललाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शहीदनगरको डिहवारस्थित आफ्नै घर कोठामा सुतिरहेका राजकिशोरमाथि फागुन २७ गते होलीपर्वमा कङ्क्रिट प्रहार गरी हत्या गरेको बताइएको छ । नियन्त्रणमा लिएका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
अघिल्लो लेखक्वारेन्टाइनमा रहनेलाई खाद्यान्न सहयोग गराइने
अर्को लेखहिमा गाउँपालिकामा २५ जना क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्