सङ्क्रमित युवतीसँग आएका बर्दियाका २ सहित ८३ जना क्वारेन्टाइनमा
Advertisement

१३ चैत्र, सिँजा । हिमा गाउँपालिकाले बाहिरबाट आउने व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । कोभिड –१९ को सङ्क्रमणको जोखिमबाट बच्न पालिकाले अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको हो ।

हालसम्म २५ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए ।उनका अनुसार राहदेव मावि माफ्लास्थित क्वारेन्टाइनमा १९ र भानु मावि पाथरखोलास्थित क्वारेन्टाइनमा छ जनालाई १४ दिनसम्मका लागि राखिएको प्रमुख प्रशासकीय अधिकृत बुढाले जानकारी दिए । क्वारेन्टाइनमा राखिएकामध्ये ७५ प्रतिशत भारतबाट आएका तथा २५ प्रतिशत अन्य देश एवं काठमाडौँ र नेपालगञ्जबाट आएका छन् ।

भारतबाट जुम्ला आउनेको दर उच्च भएपछि सतर्कता अपनाउँदै गाउँपालिकामा भित्रिने हरेक व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको हो । बाहिरबाट आउने हरेक दाजुभाइ दिदीबहिनीले अनिवार्य स्वास्थ्य जाँच गरेर जिम्मेवार नागरिक दायित्व पूरा गर्न प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आग्रह गरे ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्