आज चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १५:४९:१३
१४ चैत्र, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार केही ठाउँमा चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
पश्चिमी निम्न चापीय प्रणालीको असरले आज देशका केही ठाउँमा चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने तथा हिमाली क्षेत्रको केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले उल्लेख गरेको हो ।
महाशाखाका अनुसार आज मध्य र पूर्वको तुलनामा पश्चिम क्षेत्रमा धेरै पानी पर्नेछ । तर पश्चिमी निम्न चापीय प्रणाली मध्य हुँदै पूर्वमा सर्ने भएकाले दिउँसोपछि काठमाडौंसहित मध्य क्षेत्रको मौसम पनि बदली भइ चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।
यसकै प्रभावले शुक्रबार बेलुकीसम्ममा पूर्वका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको छ । यो प्रणाली पूर्व हुँदै नेपालबाट बाहिरिने भएकाले शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमी बुलेटिनमा उल्लेख गरिएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र १४ गते (शुक्रबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमी भू-भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमी र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
चैत्र १५ गते (शनिबार)
दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पहाडी भू-भागका एक वा दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुनेदेखिन्छ।
चैत्र १६ गते (आइतबार)
दिउँसोः देशभर मौसम सामान्यतया सफा देखि हुने देखिन्छ।
रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा देखि हुने देखिन्छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार