सरकार गरिबका लागि राहत खै ?
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १९:५०:४८
१४ चैत्र, काठमाडौं । कोरोना भाइरसबाट आतंकित भएपछि विश्वका धेरै मुलुक ठप्प प्राय छन् । संसारकै महाशक्ति अमेरिका मात्र होइन , युरोपमा समेत यो भाइरसले ताण्डब गरेको छ । त्यसैले युरोप पनि पूरा लकडाउनको अवस्थामा रहेको छ । छिमेकी भारत तीन हप्ते लकडाउनमा थन्किएको छ । नेपालमा समेत अहिलेलाई एक हप्ते लकडाउन गरिएको छ ।
नागरिकको स्वास्थ रक्षाका लागि गरिएको लकडाउन सबैले उचित नै ठह¥याएका छन् । नेपालमा पनि सरकारले आह्वान गरको लकडाउनलाई राजनीतिक आँखाबाट कसैले हेरको पाइँदैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारको लकडाउन गर्ने निर्णयको पूर्ण रुपले पालना गर्नुपर्ने भन्दै समर्थन जनाएको छ । संकटका बेला बसुधैब कुटुम्बकम् भनेको नै यही हो । तर यस्तो विषम परिस्थितिमा हरेक देशका सरकारले गरिब र निमुखाका लागि विशेष प्याकेजको घोषणा गर्छन् र गरेका पनि छन् ।
उत्तरी छिमेकी चीनले त नागरिकका हरेक सुरक्षाको जिम्मा लिनु स्वभाविकै हो । दक्षिणी छिमेकी भारतले पनि अहिलको विषम परिवेशमा नागरिकप्रतिको उत्तरदायित्व बढो इमान्दारीका साथ लिएको छ । बिहान काम गरेर बेलुकी छाक टार्नुपर्ने कराेंडौं जनताप्रति भारत सरकार इमान्दार देखिएको छ । हिजो मात्रै भारतीय वित्त मन्त्री निर्मला सीतारमणले गरिबका लागि आकर्षक प्याकेज सहित राहतका्े घोषणा गरेकी छन् । सरकारले कुल जनसंख्याको करिब दुई तिहाई जनता अर्थात ८० करोडलाई राहत पुग्ने गरी लकडाउन अवधिमा न्यूनतम आवश्यकता पूरा गर्र्ने राहतको घोषणा गरेको छ । गरिव जनताका लागि सार्वजनिक वितरण प्रणालीमार्फत पाँच किलो चामल वा गहुँ , एक किलो दाल र चिनी वितरण गर्ने जनाएको छ । यसले जनतामा सरकार भएको अनुभूति दिलाएको छ । यो राहत गरिव र आप्रवासीका लागि राहत प्याकेज उपलव्ध गराउने घोषणा गरिएको हो ।
यसैगरी, कोरोना भाइरस संक्रमण विरुद्ध अग्र पंक्तिमा उभिएर काम गर्ने कामदार, चिकित्सक, नर्स तथा पारामेडिकल स्टाफका लागि ५० लाख रुपियाँको बिमाको घोषणा गरिएको छ । यसले स्वास्थ क्षेत्रमा काम गर्ने सबै स्टाफलाई सुरक्षाको अनुभूति दिलाएको छ । साथै सरकारप्रतिको विश्वास र भरोशा समेत चुलिएको छ । विपक्षी दलका नेता राहुल गान्धीले समेत मोदी सरकारको निर्णयको मुक्त कण्ठले तारिफ गरेका छन् । यसबाट मोदीलाई कति लाभ वा हानी होला भनेर गान्धिले हिसाब खोजेका छैनन् । केवल भारतीय जनताको स्वास्थ सुरक्षाप्रति चासो देखाएका छन् ।
सामान्य मजदूरका लागि छाकको गर्जाे टारिदिने कार्यक्रम ल्याइएको छ भने कोरोना विरुद्धको युद्धभूमिका पहिलो पंक्तिमा उभिएर काम गर्ने चिकित्सक र प्यारामेडिक स्टाफका लागिसमेत आकर्षृक प्याकेजको घोषणा भएको छ । जसले गर्दा भारतमा सरकार भएको अनुभूति जनताले गर्न पाएका छन् । अमेरिका लगायत युरोपका धेरै देशले यस्तै सामाजिक उत्तरदायित्व वहन गरेका छन् । तर हाम्रो देशमा भने त्यो दिशामा सरकारले बिल्कुलै चासो देखाएको छैन । जनतासँग सकेसम्म चर्काे कर असुल्ने नीति भएका अर्थमन्त्री डा. युवराज खतिवडाले विश्वका यी परिघटना अवश्य पनि नियालेकै होलान् । यस्तै आम नागरिकलाई बालुवाटार भित्र बसेर सरकार चलाइरहेको छु भन्ने प्रधानमन्त्री के पी ओली पनि यसबारे बेखबर होलान् भन्ने लाग्दैन । तर निरीह र बिपन्न नेपालीका लागि सरकारले कुनै चासो र चिन्ता लिएको देखिंदैन ।
सामाजिक सुरक्षा कोषका नाममा जम्मा गरिएको रकम सरकारले कहिले र कस्का लागि खर्च गर्ने हो ? आम जनतालाई परेका बेला नै अभिभावकको भूमिकामा सरकार देखिनुपर्ने हो । तर ओली सरकारको जिम्मेवारी त्यो रुपमा अनुभूत गर्न पाइएको छैन । बरु सरकारका जिम्मेवार पदमा बसेका पदाधिकारी नै गैरजिम्मेवार ढंगले प्रस्तुत हुने गरेका छन् । स्वास्थ मन्त्री अहिलेका लागि सबैभन्दा महत्वपूर्ण व्यक्ति हुन् । तर दुखको कुरा उनैलाई आफ्नो काम र दायित्वबारे ज्ञान छैन । कोरोना संक्रमणबाट जोगिन चिकित्सकले लगाउने पीपीई भन्ने शव्द नै आफूलाई थाहा नभएको गैरजिम्मेवार अभिव्यक्ति दिन्छन्, त्यो पनि सगर्व ।
त्यस्ता नालायक मन्त्रीलाई पदमुक्त गर्ने ताकत प्रधानमन्त्रीमा हुनुपर्ने हो । तर उनी त्यसो गर्न असमर्थ छन् , किनभने उनी दासहरुको मालिक बन्ने शासक मात्र हुन् । ओलीलाई जिम्मेवार होइन बरु बफादार मन्त्री चाहिएको छ । त्यसैले जथाभावी बोल्दासमेत उनी कारबाहीको बदला पुुरष्कृत भएका हुन् । अहिलेको प्रमुख आवश्यकता भनेको बढी भन्दा बढीको स्वास्थ परीक्षण गरेर मात्रै ढुक्क हुने अवस्था छ । तर परीक्षण गर्न आवश्यक किट नै सरकारसँग छैन । जसले गर्दा नागरिकले आफ्नो स्वास्थबारे यथार्थ जानकारी नै पाएका छैनन् । त्यसको खतरा संक्रमण फैलन सघाउन पुग्ने नै हो । पीपीई र किट लिनका लागि भोलि मात्रै सरकारले चीनतर्फ जहाज पठाउने जानकारी दिइएको छ । यो भन्दा गैरजिम्मेवार र लापरवाह व्यावहार केही हुन सक्दैन ।
मुलुकलाई संभावित संक्रमणको जोखिमबाट बचाउने हो भने अहिलेको मुख्य आवश्यकता नै यिनै दुइटा पक्षलाई उच्च प्राथमिकता दिनु हो । पहिलो भनेको सकेसम्म धेरैको स्वास्थ परिक्षण गरौं र आउने परिणामका आधारमा रणनीति बनाउँ । दोस्रो चाहिं भनेको सरकार पनि छ भन्ने अनुभूति दिलाउन राहत प्याकेजको घोषणा । अब ढिला भइसक्यो । दुबै जिम्मेवारीबाट सरकार बिमुख भएको छ । यथाशीघ्र सरकारको दायित्व पूरा गर । नत्र भोलि पछुताउनुको कुनै अर्थ हुने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार