राहत प्याकेज ल्याउन देउवाको आग्रह
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २२:४९:१६
१४ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैनिक ज्याला गरेर जीवन निर्वाह गरिरहेका नागरिकलाई राहत पुग्ने गरी तत्काल राहत प्याकेजको घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।
पार्टीका तर्फबाट आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले लकडाउनबाट सबैभन्दा मर्का परेको वर्ग भनेको दैनिक ज्यालादारी गर्नेहरुलाई राहत पुग्ने खालको राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सो वर्गलाई सरकारले तोकेको न्यूनतम ज्याला दर भन्दा कम नहुने गरी राहतको प्याकेज ल्याउन आग्रह गर्दछु – विज्ञप्तिमा भनिएको छ ।
साथै न्यून आय भएका श्रमिक, बेरोजगार युवा तथा शहरी क्षेत्रमा बसोबास गर्ने न्यून आय भएकाहरुका लागि राहत पुग्ने योजना तथा कार्यक्रम बनाउन समेत सभापति देउवाले आग्रह गरेका छन् । यसैगरी २० लाखसम्म ऋण लिएका साना व्यावसायीको लागि तीन महिना सम्पूर्ण व्याज मिनाहा गर्न त्यसपछि पनि निश्चित अवधिका लागि ब्याजदर घटाउन माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान
बैशाख २९, २०८१ शनिबार
संसद्को संयुक्त बैठक जेठ १ मा : राष्ट्रपति पौडेलले सम्बोधन गर्ने
बैशाख २८, २०८१ शुक्रबार
वर्षे अधिवेशनको पहिलो दिन: खोज्दा-खोज्दै नभेटिएको ‘सहमति’
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
बैशाख २९, २०८१ शनिबार
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान
बैशाख २९, २०८१ शनिबार
गिल र सुदर्शनको शतकको मद्दतले चेन्नईमाथि गुजरात ३५ रनले विजयी
बैशाख २९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २९, २०८१ शनिबार
राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
बैशाख २९, २०८१ शनिबार
यी ठाउँमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख २९, २०८१ शनिबार