विद्युत महसुलमा छुट दिइने
नेपालबहस संवाददाता
चैत १४, २०७६ शनिबार १:१०:१०
१४ चैत्र, काठमाडौं । सरकारले एक सय ५० युनिटसम्म प्रयोग गर्ने विद्युत ग्राहकलाई यो महिना अर्थात चैतका लागि महसुलमा २० प्रतिसत छुट दिने भएको छ । उर्जा मन्त्री वर्षामान पुनको अध्यक्षतामा आज मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णय मन्त्रिपरिषद बैठकमा लगेर अनुमोदन गराउने जानकारी दिंदै मन्त्री पुनले सकेसम्म विद्युतीय चुल्हो प्रयोग गर्ने वातावरण तयार गर्न सञ्चालकहरुलाई निर्देशन दिएका छन् । देशभर लकडाउन भएका बेला ग्यासको चरम अभाव हुने अवस्था छ । त्यसैले सकेसम्म विद्युत खपत बढाउने स्कीम लिएर आउनुहोस् – मन्त्री पुनले सञ्चालकहरुलाई भनेका थिए ।
देशमा लकडाउन सुरु भएयता उद्योगधन्धा बन्द भएकाले घरयासी खपतका लागि मात्र माग छ, त्यसैले हामीले सकेसम्म विद्युत् खपत हुने हरेक वातावरण तयार गर्नु पर्छ – मन्त्री पुनको भनाई थियो । आगामी वर्षदेखि स्वदेशमै धेरै विद्युत उत्पादन हुने अवस्थाबारे सञ्चालकहरुबीच लामो छलफल भएको थियो । यो उपयुक्त अवसर पनि हो हाम्रा लागि वैठकमा मन्त्री पुनले भनेको जानकारी दिंदै एकजना सञ्चालकले नेपाल बहससँग खुलासा गरे ।
आगामी वर्षदेखि हाम्रो उत्पान नै माग भन्दा बढी हुने अवस्था छ , त्यसैले लकडाउनलाई अवसरका रुपमा प्रयोग गरौं भन्ने सल्लाह भएकोले नै यस्तो निर्णय भएको जानकारी ती सदस्यले दिए । एलपी ग्यासको अभाव हुने अवस्था पटक्कै छैन,तर हामीले वाध्यत्मक रुपमा आधा सिलिण्डर मात्र भर्न निर्देशन दिएका छौं – उनले बताए । विद्युतको खपत नबढाउने हो भने हामीलाई ठूलै समस्या आउनेवाला छ भन्दै उनले थपे– अहिले पनि हामीले भारतसँग विद्युत् किनिरहेका छौं ।
पहिल्यै सम्झौता भएकाले वाध्यतावश हामीले लिनुपर्ने भएको छ , यद्यपि हामीले विद्युत आपूर्ति कटौती गराएका छौं , तर महसु भने तिर्नै पर्छ । त्यही भएकाले हामीले ग्यास आपूर्तिमा केही निर्ममता अपनाएका हौं – उनले भने । विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार