कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार १६:५९:६
१७ चैत्र, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उनको उपचारका क्रममा गए राति निधन भएको हो ।
मिर्गौला रोगबाट पीडित तामाङको दुई सातादेखि वीर अस्पतालमा उपचार भइरहेको थियो । राति नै निधन भएका तामाङको परिवारजनले खबर गरेको नेपाल क्रिकेट सङ्घ ‘क्यान’का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । क्यानले उनको उपचारका लागि आर्थिक सहयोग गर्दै आएको थियो ।
यस्तै नेपाली क्रिकेट समर्थक समाज ‘एनसीएसएस’ले ‘तामाङ सहयोग अभियान’ सञ्चालन गरेको थियो । यस क्रममा तामाङलाई रु ५० हजार सहयोग गरेको थियो । समाजले उक्त रकम तामाङकी श्रीमती निरमायालाई हस्तान्तरण गरेको थियो । “थप रकम हस्तान्तरण गर्ने तयारीमा थियौँ”, समाजका संस्थापक अध्यक्ष भानु सिग्देलले भने ।
यसैगरी तामाङको उपचारका लागि नेपाल क्रिकेट खेलाडी सङ्घ ‘सीप्यान’ले समेत रु एक लाख ३३ हजार सहयोग गरेको थियो । दुवै मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका तामाङ डेढ दशकदेखि त्रिवि क्रिकेट मैदानको रेखदेख गर्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
बाग्मती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार
सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार