सामाखुसी स्थित मानव सेवा आश्रमलाई खाद्य सामग्री हस्तान्तरण
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार २०:५०:७
१७ चैत्र, काठमाडौं । सामाखुसी स्थित मानव सेवा आश्रमलाई एनआईसी एसिया बैङ्कसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालयकाको प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले निशुल्क खाद्य सामग्री हस्तान्तरण गरेका छन् ।
विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ पछी लक डाउन भएको कारणले यस्ता संघ सस्था तथा दैनिक ज्याला मज्दुरी गरी खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या ब्याहोर्न नपरोस भनी यस अभियानको शुरुवात गरिएको हो ।
उपत्यका स्थित समस्यामा रहेका विभिन्न आश्रमहरूमा आश्रित व्यक्ति तथा दैनिक ज्याला मजदुरी गरी खाने व्यक्तिहरूका लागी निरन्तर खाद्य सामग्री सहयोग स्वरूप वितरण गरिने समेत उनले जानकारी दिए । लकडाउन भए पश्चात असह्याय, अशक्त व्यक्तिहरू तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिहरुलाई अझ बढी समस्या हुने भएकाले लक्षित वर्गलाई थोरै भएपनि राहत पुग्ने विश्वास लिएको पोखरेलले बताए । मातहतका विभिन्न कार्यालयहरू संग त्यस्ता आश्रमहरू तथा व्यक्तिहरुको विवरण संकलन गरि वितरण गरिने जानकारी दिए ।
संकटको यस घडीमा कुनै समुदाय वा संस्थालाई दैनिक उपभोग्य सामग्रीहरूको अभाव भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हट लाईन १०० मा खबर गर्न आग्रह समेत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार