नेपाल भ्रमण वर्ष २०२० स्थगित
नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार २३:४६:४
१८ चैत्र, काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।
उनले भने, “नेपाल भ्रमण वर्षको कार्यक्रम औपचारिक रुपमा स्थगित भएको छ, अन्य कार्यक्रम अहिलेलाई तय भएको छैन, आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कस्तो अभियान चलाउने भन्ने छलफल हुनेछ ।” यसअघि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो । भ्रमण वर्ष स्थगन भएसँगै केशरमहलस्थित भ्रमण वर्ष सचिवालय पनि विसं २०७७ वैशाख १ गतेबाट विघटन गरिने सचिव अधिकारीले बताए ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानका रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । भ्रमण वर्षको सन् २०२० जनवरी एकमा एक भव्य समारोहकाबीच दशरथ रङ्गशालामा राष्ट्रति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि त्यसको प्रभाव पर्ने भएकाले भ्रमण वर्ष प्रवद्र्धनात्मक कार्यक्रम स्थगित गरिएको हो । हाल नेपालमा कोभिडका पाँच जनामा सङ्क्रमण पुष्टि भएकोमा एक जना उपचारपछि घर फर्किसकेका छन् ।
सरकारले कोभिडको संक्रमण फैलन नदिन वैशाख ११ गतेदेखि दुई साताका लागि देशभर लकडाउन गरेको छ । वैशाखको पहिलो सातासम्म मुलुकमा हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोभिडको विश्व अर्थतन्त्रमा प्रभाव परेको छ । नेपालको पर्यटनलगायत अन्य आर्थिक क्षेत्रमा नराम्ररी असर पुगेको व्यवसायीले बताएका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए । त्यस्तै सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार