माछापुच्छ्रे बैंकद्धारा सरकारी राहत कोषमा १ करोड ६ लाख प्रदान
नेपालबहस संवाददाता
चैत २०, २०७६ शुक्रबार २:१८:३२
२० चैत्र, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न रु.१ करोड ६ लाख बराबरको सहयोगको घोषणा गरेको छ ।
बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रिय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु.५१ लाख उपलब्ध गराउने घोषणा गरेको छ भने सातवटै प्रदेश सरकारलाई रु.५-५ लाखका दरले कुुल ३५ लाख रकम सहयोग हस्तान्तरण गरिसकेको छ । आज विहिबार सात वटै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाई रु.५-५ लाखका दरले कुुल ३५ लाखको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
यसअघि बैंकले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाडौ र भक्तपुरका अत्यन्त भीडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकीसहित हातधुने ठाउँको व्यवस्था गरेको थियो । साथै, स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको थियो । उक्त राहत कार्यहरुमा बैंकले रु. २० लाख खर्च भएको जनाएको छ ।
बैंकले कोरोनाविरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रु.१ करोड ६ लाख सहयोग गरेको हो ।
बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुनाले माछापुच्छ्रे बैंकले लकडाउनको समयमा पनि हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै आएको छ । बैंकले भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि अत्याबश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आईरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ । साथै बैंकले प्रदान गर्दै आईरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने हुदाँ नगद कारोबारलाई कम गर्न समेत सम्पूर्ण ग्राहकहरुमा आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार