कानून व्यवसायी मञ्चद्धारा सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन अपिल
नेपालबहस संवाददाता
चैत २१, २०७६ शुक्रबार २३:२६:२६
२१ चैत, काठमाडौं । संवैधानिक कानून व्यवसायी मञ्चले कोरोना भइरस (कोभिड —१९) को सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन गरेको अवस्थामा सीमामा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउने वातावरण मिलाउन अपिल गरेको छ ।
मञ्चका अध्यक्ष अधिवक्ता राजुप्रसाद चापागाईंले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्वदेश फर्कने अभिलाषाले आएका सयौँ नागरिकलाई अन्य भरपर्दो विकल्पबिना नेपाल प्रवेशमा रोक लगाउँदा सीमापारी तथा दशगजामा अलपत्र रुपमा पीडादायी र त्रासपूर्ण जीवन जीउन बाध्य भएकालाई स्वदेश आउन दिन अपिल गरिएको छ ।
“विश्वव्यापी महामारीबाट जनताको सार्वजनिक स्वास्थ्यमा पर्न सक्ने असरलाई रोक्न सरकारले राष्ट्रव्यापी रुपमा लकडाउन गरेको कुरा सबैबाट प्रशंसा भएकै छ”, विज्ञप्तिमा भनिएको छ, “सार्वभौम नेपाली नागरिकको स्वदेश प्रवेशमा रोक लगाउने कार्यले संवैधानिक एवं अन्तर्राष्ट्रिय मानवअधिकार कानूनद्वारा प्रत्याभूत हकहरुको न्यूनतम मानवीय मूल्य मान्यताको उल्लङ्घन हुन पुगेको मञ्चको ठहर छ ।” मञ्चले अन्य मुलुकले समेत आफ्ना नागरिकप्रतिको प्राथमिक दायित्व बोध गरेर स्वदेश फिर्ता लगेको र त्यसमा सरकारले समेत सहजीकरण गरेको तथ्य सबैलाई अवगतै भएको उल्लेख गरेको छ ।
नागरिकलाई स्वदेश प्रवेशमा रोक लगाउने प्रतिबन्धलाई तत्काल हटाउनुपर्ने, स्वदेश प्रवेश गर्ने नेपाली नागरिकलाई स्थानीय सरकार, स्थानीय प्रशासन, प्रदेश सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा निजी क्षेत्रसमेतसँगको समन्वय र सहकार्यमा कुनै खुलाक्षेत्र, विद्यालय वा अन्य उपयुक्त स्थानमा संविधानप्रदत्त आधारभूत स्वास्थ्य, खाद्य तथा आवासको प्रबन्धसहित क्वारेन्टाइनको न्यूनतम मापदण्ड पालना हुने गरी अविलम्ब व्यवस्थापन गर्न माग गरेको छ ।
मञ्चले तत्काल कूटनीतिक पहलमार्फत भारतका विभिन्न ठाउँमा पेशा व्यवसाय र रोजगारीको सिलसिलामा छरिएर बसेका लाखौँ नेपाली नागरिकले सन् १९५० को शान्ति तथा मैत्री सन्धिको दफा ६ र ७ बमोजिम भारतीयसरह पाउनु पर्ने संरक्षण र व्यवहारको प्रत्याभूति दिलाई स्वदेश फर्कन बाध्य हुने स्थिति आउन नदिन उल्लेख गरेको छ ।
संविधानवाद, कानूनी शासन, मानवअधिकार र सुशासनका मान्यताको अधिनमा रहेर बृहत्तर सार्वजनिक हित तथा जनस्वास्थ्यलाई केन्द्रमा राखी सरकारले अगाडि सारेका नीति, नियम, निर्देशन र कार्यक्रमप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै त्यसको यथोचित परिपालना गर्ने÷गराउने सन्दर्भमा सबैले सक्दो सहयोग गर्न मञ्चले अपिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार