भारतका दुई अस्पताललाई कोरोना अस्पताल बनाइयो
नेपालबहस संवाददाता
चैत २२, २०७६ शनिबार २२:२१:५६
२२ चैत्र, एजेन्सी । भारतमा दिन प्रतिदिन कोभिड १९ का संक्रमितहरु थपिएका छन् । नयाँ दिल्लीमा यसको संख्या अन्यत्रको भन्दा धेरै भएको पनि बताइएको छ ।
जसका कारण भारतको नयाँ दिल्लीस्थित दुई ओटा अस्पताल लोकनायक जयप्रकाश र जिबी पन्त अस्पताललाई कोरोना भााइरसको उपचार गर्ने डेडिकेटेड अस्पतालका रुपमा स्थापना गरिएको छ । आगामी सोमबारदेखि ती अस्पतालमा कोरोनाका विरामीको मात्र उपाचार गर्ने गरी यो व्यवस्था गरिएको समाचारमा जनाइएको छ ।
अरु अस्पतालमा विरामी लैजाँदा उनीहरुबाट अन्य विरामीहरुलाई पनि सर्ने भएकोले कोरोना भाइरसका मात्र विरामीको उपचार गर्नेगरी ती अस्ताल स्थापना गर्न लागिएको बताइएको हो । यी दुई अस्पतालमा एकै पटक २ हजार जनाको उपाचार गर्न मिल्नेगरी पूर्वाधार बनाइएको छ । साथै उक्त एलएनजेपी अस्पताललाई कोभिड १९ व्यवस्थापन केन्द्रका रुपमा पनि विकास गरिने सरकारले जनाएको छ ।
उक्त अस्पतालका निर्देशक डा।जेशी पसाइले मेडिकल सामग्रीहरुको आपूर्ति र अरु व्यवस्थापकीय काममा कुनै पनि ढिलाई नगरी उपचारका कामलाई अघि बढाइने बताए । उनले यी दुई अस्पताललाई नै डेडिकेटेड अस्पतालका रुपमा विकास गरिएकोले अब उपचार र कोभिड १९ सम्बन्धी अन्य व्यवस्थापनका लागि पनि सजिलो पर्ने बताए । हाल सो अस्पतालमा २९० जना विरामी रहेकामा कोरोना भाइरसका मात्र ११० जना विरामी उपचाररत रहेका छन् ।
त्यसैगरी निर्देशक पसाईले अरु पनि करिब २०० विरामीको स्याम्पल जाँचका लागि अन्यत्रै पठाइएकोमा उनीहरुको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । उनले अब सोमबारदेखि कोभिडका स्वाबहरुको पनि यही अस्पतालमा नै परीक्षण गरिने बताए ।
भारतमा पछिल्लो समयमा कोरोना भाइरसका विरामी बढ्दै गएको बताइएको छ । आजसम्म भारतमा करिब २ हजार ९०० जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा मात्र भारतमा ३५५ जना नयाँ संक्रमित आएका पनि भारत सरकारले जनाएको छ । हाल भारतभर लकडाउनको नीति लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
संसद भनव नयाँ बानेश्वर पुगे राष्ट्रपति, बैठक सुरु
जेठ १, २०८१ मंगलबार
राष्ट्रिय सभा अध्यक्षलाई कांग्रेसले दियो बैठक अवरुद्ध हुने जानकारी
जेठ १, २०८१ मंगलबार
सरकारी बजेटः कुल १७ खर्ब ५१, खर्च १० खर्ब ५६ अर्ब
जेठ १, २०८१ मंगलबार
अब सर्वोच्चमा पनि अनलाइनबाटै रिट दर्ता गर्न मिल्ने
जेठ १, २०८१ मंगलबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार