कोरोनाबाट विश्वभरी ७६ हजारको मृत्यु, १३ लाख संक्रमित !
नेपालबहस संवाददाता
चैत २५, २०७६ बुधबार ०:२७:०
२५ चैत्र, एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ७६ हजार ३ सय ४३ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म संसारभर १३ लाख ६२ हजार १ सय ६२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने २ लाख ९३ हजार ७ सय ३३ जना उपचारपछि घर फर्किएका छन ।
कोरोनाले स्पेनमा पछिल्लो १० घण्टायता मात्रै साढे ४ सय जनाको ज्यान गएको छ । यससँगै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार ७ सय ९८ पुगेको छ । १ लाख ४० हजारभन्दा धेरै संक्रमित छन । अमेरिकामा मंगलबार मात्रै ७२ जनाको मृत्यु भएको छ । ६ सय ५५ जना नयाँ बिरामी फेला परेका छन । यससँगै अमेरिकामा १० हजार ९ सय ४३ जनाको मृत्यु भएको छ । साढे ३ लाख मानिस संक्रमित छन ।
इटालीमा सबैभन्दा धेरै १६ हजार जनाको मृत्यु भएको छ । फ्रान्समा ८ हजार ९ सय ११ जनाको ज्यान गएको छ । चीनमा ३३ सय र इरानमा ३८ सय जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
यस्तै भारतमा १ सय ३७ जनाको ज्यान गएको छ भने पाकिस्तानमा ५५ जनाको मृत्यु भएको छ । भारतमा झण्डै ५ हजार संक्रमित हुँदा पाकिस्तानमा ४ हजार संक्रमित छन । नेपालमा भने अहिलेसम्म ९ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार
अबैध ठहरियो एनसेलको कारोबार, शेयर बिक्री प्रक्रिया अस्वीकृति
बैशाख १४, २०८१ शुक्रबार
पृथ्वी राजमार्ग सडक विस्तार
बैशाख १४, २०८१ शुक्रबार