ओमानमा कोरोनाबाट दुईको मृत्यु, ४५७ सङ्क्रमित
नेपालबहस संवाददाता
चैत २८, २०७६ शुक्रबार १५:१४:३६
२८ चैत्र, काठमाडौं । कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ ।
कोरोना भाइरसबाट आजसम्म ओमानमा ४५७ सङ्क्रमित भएको तथा दुईको मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर फर्केका छन् । कोरोनाबाट विभिन्न मुलुकका नौ नेपालीको ज्यान गइसकेको छ भने १०० भन्दा बढी नेपाली कोरोनाको सङ्क्रमणको चपेटामा परेका छन् ।
यही चैत २८ देखि आगामी वैशाख १२ गतेसम्म ओमान सरकारले लकडाउन गर्ने तयारी गरेको भन्दै दूतावासले उक्त समयमा अत्यावश्यकबाहेक कुनै पनि काममा घर बाहिर ननिस्कन त्यहाँका सबै नेपालीमा आग्रह गरेको छ । ओमानमा रहेका तथा बिदामा नेपाल आएका नेपालीको भिसाको म्याद समाप्त भए अनलाइनबाट भिसा थप गर्ने व्यवस्था मिलाएको दूतावासले जनाएको छ ।
बहराइनमा कन्सुलर सेवा स्थगन
बहराइनमा कोरोना सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएसँगै मनमास्थित नेपाली दूतावासबाट प्रदान हुँदै आएको कन्सुलर सेवा तत्कालका लागि स्थगन गरिएको छ । दूतावासले बिहीबार सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि कन्सुलर सेवा स्थगन गरिएको जनाएको हो ।
अत्यावश्यक अवस्थामा कन्सुलर सेवा लिन परेमा दूतावाससँग समय लिई एक जनामात्र उपस्थित भएर सेवा लिन सकिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
चैत २६, २०८० सोमबार
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
चैत २५, २०८० आइतबार
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार