लकडाउनले दूध बिक्री नहुँदा पशुपालक किसानलाई ठूलो नोक्सानी
नेपालबहस संवाददाता
चैत २८, २०७६ शुक्रबार १७:३३:०
२८ चैत्र, जीतपुर । कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशैभर लकडाउन घोषणा गरेपछि कपिलवस्तुको ग्रामीण क्षेत्रका पशुपालक किसान प्रभावित भएका छन् । ती पशुपालक किसानका दूध दिने पशुबाट दूध उत्पादन घटेको छ । उत्पादन भएको दूधसमेत बिक्री नहुँदा पशुपालक किसानले ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ ।
कपिलवस्तुमा किसानले उत्पादन गरेको दूध नबिकेपछि खेतमा फाल्नुपर्ने अवस्थासमेत सिर्जना भएको छ । वाणगङ्गा नगरपालिका– ४ मा रहेको ट्विन्स डेरी उद्योगले दुई दिनमा १६ हजार लिटर दूध खेतमा फाल्नुपरेको बताएको छ । दुग्ध विकास संस्थानले दूध नकिनेपछि बाध्य भएर बारीमा फाल्नुपरेको सञ्चालक इन्दिरा पौडेलले वताए ।
वाणगङ्गा नगरपालिका, व्यावसायिक पशुपालन समितिका सचिव तथा सक्रिय कृषक जयलाल गिरीका गोठमा पैँसठ्ठी बाख्रा र अठ्चालीस गाईभैँसी छन् । घाँस पनि पर्याप्त मात्रामा उत्पादन हुन नसक्नु र दानाको अयातनिर्यात नै बन्द भई पशुलाई पर्याप्त खाना दिन नसक्दा उत्पादनमा ८० प्रतिशत गिरावट भएको उनको गुनासो छ । गिरीले कुरा गर्दै भने, “अब गोठमा बाँधिएका गाईभैँसी तथा बाख्रालाई कसरी जोगाउने भन्ने ठूलो चिन्ता छ ।” उनका अनुसार पहिले खर्च कटाएर पनि मासिक रु एक लाखसम्मको आम्दानी हुने सो व्यवसायमा अहिले ८० प्रतिशत घाटा भइरहेको छ ।
वडा नम्बर–८ बोडगाउँका खुमानन्द पौडेलले २४ गाई पालेका छन । उनले यसअघि गाईपालनबाट मासिक रु ८० हजार आम्दानी गर्दै आएका थिए । यतिबेला दूध उत्पादन घट्नु तथा बन्दाबन्दीले दाना पाउन नसक्नुले आम्दानी घटेको छ । उनको जस्तै समस्या वडा नम्बर–९ चप्परगाउँका अगुवा कृषक विष्णु पौडेलको पनि छ । उत्पादित दूध बिक्री नभएपछि छरछिमेकलाई फोन गरेर दूध लिन बोलाएको र बचेको दूधको पनिर बनाइएको उनले बताए।
वडा नम्बर–११ खुरबुधियाका पशुपालक किसान कमल सुवेदी गाउँस्थित डेरीले दूध नल्याउनू भनेपछि उत्पादित दूध गाउँबाट १० किलोमिटर दूरीमा रहेको डेरीमा गएर बेच्न बाध्य भएका थिए। गोठभरि ४० भैँसी पालिरहेका बुद्धभूमि नगरपालिका मोर्मा–३ का ईश्वरी पौडेल लकडाउनका कारण दाना पाउन समस्या भएको र पाए पनि महँगो पर्ने भएकाले समस्या निम्तिएको बताउछन ।
शुद्धोधन गाउँपालिका– १ बगदीका खेमराज भण्डारीले सन्तुलित र चापट दाना प्रति क्विन्टल रु ५०० देखि ६०० सम्म मूल्यवृद्धि भएकाले गोठमा भएका गाईभैँसी पाल्नसमेत धौधौ भएको बताए । दैनिक साठी लिटर उत्पादन भइरहेको दूध घटेर अहिले २५ लिटरमा पुगेको बताउँदै उनले घरमा भएको दूध फाल्नुपर्ने र आफन्त बोलाएर दिनुपरेको गुनासो गरे ।
वाणगङ्गा क्षेत्रमा मात्र झण्डै तीन सय पशु फार्म दर्ता भए पनि हाल डेढ सयभन्दा बढी मात्र सक्रिय रहेको नगरका पशु शाखा प्रमुख राजकुमार तिवारीले बताउनुभयो । तिनमा तीन ठूला र चारपाँच साना डेरी छन् । लकडाउन खुलेपछि प्रभावित किसानको समस्या सम्बोधनका लागि नगरपालिकाले योजना बनाउने तिवारीले जानकारी दिए ।
जिल्लाभित्रका पशुपालक किसानको पीडा उस्तै भएको कपिलवस्तु जिल्लाका भेटेरीनरी पशु चिकित्सक दुर्गाप्रसाद खनालको भनाइ छ । कोरोनाको त्रासले बजारमा माग कमी भएकाले दूध तथा मासुजन्य खाद्य पदार्थले बजार मूल्य नपाउँदा यतिबेला किसान प्रत्यक्षअप्रत्यक्ष मारमा परिरहेको खनालको बताउछन । दानाका लागि भारतबाट कच्चा पदार्थ आउन नसक्दा नेपालका उद्योग धरापमा पर्ने अवस्था आउने उनको आकलन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार