अमेरिकामा संक्रमित हुनेको संख्या ५ लाख पुग्याे !
नेपालबहस संवाददाता
चैत २९, २०७६ शनिबार २०:५६:४७
२९ चैत्र, एजेन्सी । कोरोना भाइरसबाट अमेरिकामा संक्रमित हुनेको संख्या ५ लाख पुगेको छ । शनिबार दिउँसोसम्म अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख ३ हजार १ सय ७७ पुगेको छ । अमेरिकामा दैनिक ३० हजार भन्दा धेरै संक्रमित फेला पर्ने गरेका छन ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ३३ हजार नयाँ संक्रमित थपिए भने २ हजार बढीले ज्यान गुमाए । अहिलेसम्म अमेरिकामा १८ हजार ७ सय ६१ जनाको ज्यान गइसकेको छ ।
अमेरिकामा सबैभन्दा धेरै न्युयोर्कमा डेढ लाख मानिस संक्रमित छन । अहिलेसम्म न्युयोर्कमा १ लाख ७२ हजार मानिस संक्रमित हुँदा ७ हजार ८ सय ४४ जनाले ज्यान गुमाएका छन । यस्तै न्युजर्सीमा ५४ हजार संक्रमित हुँदा १९ सय बढीको मृत्यु भइसकेको छ ।
मिशिगनमा २२ हजार, क्यालिफोर्नियामा २१ हजार, मासाचुसेट्स र पिन्सीभेनियामा समान २० हजार, लुसियानामा १९ हजार, फ्लोरिडा र इलिनोइसमा समान १७ हजार मानिस कोरोनाबाट संक्रमित भएका सिएनएनले जनाएको छ ।
यस्तै टेक्सासमा १२ हजार, जर्जियामा ११ हजार र कनेक्टिकटमा १० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन । अरु राज्यमा भने कमै फैलिएको छ । चीनको वुहान राज्यबाट फैलिएको कोरोनाले सबैभन्दा धेरै संक्रमित हुने देश अमेरिका बनेको छ भने सबैभन्दा धेरै ज्यान गुमाउने देश पनि बन्ने लगभग निश्चित भएको छ ।
यो समाचार तयार पार्दासम्म इटाली र अमेरिकामा समान १८ हजारको ज्यान गइसकेको छ । इटालीमा थप ८ सय बढीको ज्यान जाँदा अमेरिकामा थप ७ सय बढीको ज्यान गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार