अब जुम्लामा अनलाइनबाटै सवारी सञ्चालन अनुमति पत्र
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार १४:४९:२८
३ वैशाख जुम्ला । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रण कार्य व्यवस्थित गर्न र आवतजावत तथा अत्यावश्यक सेवा सञ्चालन कार्यलाई व्यवस्थित गर्न लकडाउन अवधिभर जिल्ला प्रशासन कार्यालय जुम्लाले अनलाइन सवारी सञ्चालन अनुमति पत्र ‘पास’ उपलव्ध गराउने भएको छ ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार लकडाउन अवधिभर उपलब्ध गराउने सवारी साधन परिचलान अनुमति पत्र ‘पास’ वितरणको कार्यलाई सरल, सहज र सुव्यवस्थित बनाई कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउन अनलाइनको व्यवस्था गरिएको हो । उनले भने, “सामाजिक र व्यक्तिगत दूरी कायम गर्न निःशुल्क रूपमा सञ्चालनमा ल्याइएको इ–पास, epass.moha.gov.np वेबसाइटमार्फत अनलाइन सवारी पास उपलव्ध गराउने व्यवस्था गरिएको छ ।”
नेपाल सरकार ‘सचिवस्तर’ को गत चैत ३० गतेको निर्णय कार्यन्वयनका लागि गृह मन्त्रालय ‘आन्तरिक सवारी तथा सभा समारोह व्यवस्थापन शाखा’ को हिजो मङ्गलबारको पत्रानुसार जुम्लामा अनलाइन सवारी पास कार्यन्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालले जनाएको छ । इ–पास प्राप्त गर्नका लागि epass.moha.gov.np वेबसाइटमार्फत निवेदन दिनसक्ने व्यवस्था छ ।
यसअघि चैत १९ मा प्रशासनले लकडाउनका बेला सवारीसाधन चलाउन दिँदै आएको अनुमतिपत्र दिन बन्द गरेको थियो । लकडाउन पूर्णरूपमा कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले नयाँ पास दिन बन्द गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार