अविरल वर्षापछि आएको बाढीले १०० बाख्रा र चार गोरु मरे
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार १४:५५:३५
३, वैशााख मार्तडी । जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा मङ्गलबार बिहानको अविरल वर्षाका कारण आएको हाउडी खोलाको बाढीले बगाएर तीन परिवारका १०० भन्दा बढी बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सोही गाउँपालिकाको–७ बाँधुको हाउडी खोला नजिकै पालमुनि राखिएका बाख्रामध्ये ४० बाख्रा मृत अवस्थामा भेटिएको र ७० बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए। उनका अनुसार सोही वडाका स्थानीय विष्णुप्रसाद तिमिल्नसेनाकमो ३८ वटा, दत्त तिमिल्सेनाका १६ वटा, धनलाल तिमिल्सेनाका ४० वटा र महेन्द्र कार्कीका २० बाख्रा बाढीले बगाएको थियो ।
मङ्गलबार बिहान अविरल वर्षासँगै आएको बाढीले महेन्द्र कार्कीका २० र दत्त तिमिल्सेनाका १२ वटा बाख्रा घाइते भएका छन् । बाख्रा हेर्न पालमा बसेका ३८ वर्षीय दत्त तिमिल्सेना र ४० वर्षीय महेन्द्र कार्कीसमेत घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते भएका दुवैलाई बाँधु स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्काइएको छ ।
यस्तै सोही गाउँँपालिका–६ धीममा रहेको छेउखिउने खोलाबाट आएको बाढीले सोही वडाका स्थानीय मेघराज पाण्डेय र विष्णुचन्द्र जोशीको चार गोरु बगाएर प्रहरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
देशका विभिन्न भागमा चट्याङ्ग र हावाहुरीसहित वर्षा
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार