इँटा उद्योगका कामदारद्धारा घर फर्कने वातावरण मिलाइदिन माग
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार १५:४०:२१
५ वैशाख, दाङ । घोराही उपमहानगरपालिका –१० नारायणपुरस्थित इँटा उद्योगमा कार्यरत मजदूरले आफूहरुलाई घर फर्कने वातावरण मिलाइदिन आग्रह गरेका छन् । लकडाउनसँंगै करीब एक महिनादेखि कामविहीन बनेपछि मनकामना इँटा उद्योग र गोल्ड इँटा उद्योगमा कार्यरत भारतीय श्रमिकले आफूहरुलाई घर फर्कने व्यवस्था मिलाइदिन माग गर्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
जिल्लाभरका उद्योगमा कम्तीमा सात हजार भारतीय नागरिक रहेको दाङ जिल्ला इँटा उद्योगी व्यवसायी संघले जनाएको छ । दुवै उद्योगमा गरी कम्तीमा पाँच सय भारतीय मजदूर छन् । जिल्लाका प्रतिइँटा उद्योगमा एक सयदेखि २५० सम्म भारतीय मजदूर कार्यरत छन् । उनीहरु भारतीय सीमा जिल्लाका नागरिक हुन् । ती मजदूरसँगै कम्तीमा एक हजार बालबालिकासमेत रहेको बताइएको छ ।
मनकामना इँटा उद्योगमा कार्यरत श्रमिक विश्वनाथ चौहानले आफू जसरी पनि घर जान चाहेको र आवश्यक परे भारतीय क्वारेन्टाइनमा बस्न तयार रहेको बताए । श्रमिक सुनिचा चौहानलाई आफूसँगै चार शिशु भोकभोकै पर्ने पिरलो छ । उनीहरुले एक महिनादेखि काम नहुँदा पारिश्रमिकसमेत पाएका छैनन् ।
मनकामना इँटा उद्योगका सञ्चालक रोम वलीले लकडाउनका कारण घर जान चाहने श्रमिकलाई चाहेर पनि फर्काउन नसकिएको र पाल्न गाह्रो भइरहेको बताएका छन् । उनीहरुलाई घरसम्म पुग्ने वातावरण मिलाइदिन तीनै तहका सरकारबीच समन्वयको अपेक्षा गरेका छन् । उद्योग बन्द भएसंँगै ती श्रमिकलाई सम्बन्धित उद्योगले नै दालचामलको व्यवस्थापन गर्दै आएका छन् । यस्ता श्रमिकलाई स्थानीय सरकारले राहत उपलब्ध गराएका छैनन् ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ती भारतीय श्रमिकलाई घर फर्काउने विषयमा दुवै देशबीच कूटनीतिक पहल हुनुपर्ने बताए । श्रमिकलाई भोकमरीको मारमा पर्न नहुने भएकाले रासनको व्यवस्थापन सम्बन्धित उद्योगले नै गर्नुपर्ने बताउँदै उनले समय लम्बिँदै गएमा दीर्घकालीन समाधानका लागि स्थानीय प्रशासनले समेत पहल गर्ने आश्वासन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार