ग्यासमै भरपर्दा भोकभोकै बस्नुपर्ने हो कि ?
नेपालबहस संवाददाता
बैशाख ६, २०७७ आइतबार १:३८:३२
६ वैशाख काठमाडौं । बन्दाबन्दीमा ग्राहकको घरमै ग्यास पु¥याउन हिँडेका व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि पसलमा भएको ग्यास उपभोक्ताले नपाउने भएका छन् ।
गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलका व्यवसायी कृष्णवीर श्रेष्ठ प्रहरीले आफूलाई नियन्त्रणमा लिई घण्टौँ राखेकाले उपभोक्ताका घरघरमा लैजान नसकिने भएको बताउछन । उपभोक्ता भने ग्यास नपाइने भएपछि भोकभोकै मरिने चिन्ता हुनलागेको गुनासो गर्छन् । काठ क्षेत्रका ग्रामीण भेगमा तीन चार किलोमिटरको दूरीमा मात्र ग्यास पसल छन् ।
सुन्दरीजलमा प्रहरी प्रभाग भए पनि बौद्धबाट आएको प्रहरीको भ्यानले मोटरसाइकलमा ग्यासको सिलिण्डर बोकेर अन्यत्रै हिँडेको भन्दै नियन्त्रणमा लिएको श्रेष्ठको गुनासो छ । घण्टौँ प्रहरीको नियन्त्रणमा बसेपछि वडा अध्यक्षलाई फोन गरेर जानकारी गराएपछि मात्र आफू छुटेको उनको भनाइ छ । श्रेष्ठका ग्राहक गोकर्णेश्वर–४ सम्म र कागेश्वरी मनोहरा नगरपालिका–१ मा पनि रहेका छन् ।
कागेश्वरी–१ का स्थानीयवासी नवीन्द्र ढकाल अरु साधनसमेत नचलेकाले चार किमीसम्म ग्यास बोकेर हिँड्न पनि मुस्किल हुने बताउछन । पहिले दाउराले खाना बनाउने गरेपनि हाल ग्यासमै भरपर्दा भोकभोकै बस्नुपर्ने हो कि भन्ने चिन्ता बढेको उनको गुनासो छ । बन्दाबन्दीमा नगरपालिकाले स्वयंसेवी खटाएको भने पनि सहजीकरणका लागि पहल हुने गरेको छैन ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्की ग्यासलगायत अत्यावश्यक सामग्री बोकेका सवारी रोकेर व्यवसायी नियन्त्रणमा लिने निर्देशन नदिएको बताउछन । खाद्य सामग्री, तरकारी र ग्यासलगायत अत्यावश्यक सामग्रीका पसल बिहानमात्र खुला गर्ने निर्णय बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौँ महानगरपालिका–६ ले गरेको जानकारी प्रहरीलाई प्राप्त भएको पनि उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार