तेलंगनामा आगामी मे ७ तारिखसम्म लकडाउन !
नेपालबहस संवाददाता
बैशाख ८, २०७७ सोमबार २३:४५:१
८ वैशाख एजेन्सी । भारतको तेलंगना सरकारले हाल जारी रहेको लकडाउनको अवधिलाई आगामी मे ७ तारिखसम्म लम्ब्याउने निर्णय गरेको छ । यहाँको मन्त्रिपरिषदले आइतबार सो निर्णय गरेको बताइएको छ । यसअघि घोषित यो नीतिमा थप गरी यो अवधिसम्म पु¥याइएको समाचारमा जनाइएको छ ।
तेलंगना राज्यका मुख्यमन्त्री के चन्द्रशेखर रावले यस विषयमा जानकारी दिएका छन। उनका अनुसार यहाँका अत्यावश्यक खाद्यान्नलगायतका उद्योग र औषधि उद्योग एवं पसलहरु भने खुला रहने छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे १ तारिखसम्म लगाएको लकडाउनको अवधिलाई बढाएर भारतभर मे ३ सम्म पु¥याएलगत्तै यता यस राज्य सरकारले पनि यो घोषणा गरेको हो ।
मुख्यमन्त्री रावले तेलंगना राज्यमा बाहिरबाट आएर बसोबास गरिरहेका आप्रबासीहरुमध्ये परिवारमा बस्नेहरुका लाग प्रतिपरिवार १ हजार ५०० भारतीय रुपैयाँ र एक्लै बस्नेका लागि खाद्यान्न उपलब्ध गराइने जानकारी पनि दिए । यहाँको मुख्य सरकारले यहाँ काम गरिरहेका प्रहरीहरुको तलबमा १० प्रतिशत बृद्धि गरेको पनि जनाएको छ । उनीहरुले यस्तो विषम परिस्थितिमा पनि जोखिममा काम गर्नुपर्ने अवस्था रहेकोले उनीहरुको तलबमा बृद्धि गरिएको बताइएको छ ।
यो राज्यमा मात्र कोविड १९ का ८५८ जना संक्रमित भेटिएका छन् । तीमध्ये १८६ जना निको भएर घर फर्किएका छन् भने २१ जनाको निधन भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपतिसँग उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखबीच भेट, बालेन अनुपस्थित
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार