दिल्लीका सरकारी अस्पतालमा ‘मिडिया सेल’ स्थापना गरिने
नेपालबहस संवाददाता
बैशाख ९, २०७७ मंगलबार २१:२५:२७
९ बैशाख एजेन्सी । नयाँ दिल्लीमा रहेका सरकारी अस्पतालमा अबदेखि सञ्चारमाध्यमले कामगर्ने कार्यकक्ष ‘मिडिया सेल’राखिने भएको छ । मंगलबार नयाँ दिल्ली सरकारले यो आदेश दिएको थियो ।
नयाँ दिल्लीमा रहेका सबै सरकारी अस्पतालहरुले कोविड १९ बारेको समाचार र सूचना सम्प्रेषणका लागि यो आवश्यक रहेको भन्दै यहाँको सरकारले उक्त सेल स्थापनाको लागि आदेश दिएको थियो । सरकारको यो आदेशसँगै यहाँका अस्पतालहरुमा अब सूचना संकलन गरेर विस्तार गर्नका लागि यस्तो मिडिया सेलको स्थापना हुने भएको समाचारमा जनाइएको छ । यस्तो सेलबाट सम्पादन हुने सूचनाले सही रुपमा नागरिकसमक्ष कोभिड-१९ बारेको जानकारी पुग्ने बताइएको छ ।
अहिले कोविड-१९ का विषयमा सञ्चारमाध्यमहरुका साथै सामाजिक सञ्जालमा पनि विभिन्न खाले फरक फरक समाचार आएकोले नागरिकलाई दुविधा भएको भन्दै ती सबै खाले सूचनालाई एकै ठाउँबाट र सही मात्रामा सम्प्रेषण गर्ने यसले सहयोग पुग्ने दिल्ली सरकारले जनाएको छ ।
सोमबार नयाँ दिल्लीको एक सरकारी अस्पतालमा ज्वरो आएर पुगेका एकजना पुरुषलाई कोरोना भाइरसको त्रासले त्यहाँका चिकित्सकले उपचार गर्न नमानेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । ती पुरुषलाई चिकित्सकले शुरुमा कोरोनाको त्रासले छुनै नमानेका र पछि उनी यसका संक्रमित भएको पुष्टि भएपछि उपचार नपाएको उनकी छोरीले बताएकी छिन् ।
आफ्ना बुबाले भारतको राजधानीजस्तो नयाँ दिल्लीकै सरकारी अस्पतालमा पनि उपचार नपाएको भन्दै बोलेको भिडियो यहाँका सामाजिक सञ्जालमा व्यापक मात्रामा प्रचार प्रसार गरिएको थियो । त्यसपछि यस रोगसम्बन्धी समाचारहरुलाई व्यवस्थित र विश्वास गर्न योग्य बनाउनका लागि यस्तो अलग्गै मिडिया सेलको स्थापना गर्न नयाँ दिल्ली सरकारले आदेश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
यी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मूख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार