हावाहुरीसंगैको चट्याङबाट गाईघाटमा चार घाइते
नेपालबहस संवाददाता
बैशाख ९, २०७७ बुधबार ०:६:२
९ वैशाख, उदयपुर । गए राति आएको हावाहुरी र चट्याङका कारण चारजना घाइते भएका छन् भने जिल्लाका विभिन्न स्थानका करोडौँको आँप, लिची र केराजस्ता फलफूल बालीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ११ देखि १२ बजेसम्म परेको चट्याङले जिल्लाका विभिन्न स्थानमा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरका अनुसार जिल्लाको कटारी नगरपालिका–११ बेतिनीमा रातमा सुतिरहेका दम्पतीद्वय ५० वर्षीय चन्द्रबहादुर मगर र ४८ वर्षीया मनकुमारी मगर चट्याङका कारण घाइते भएका छन् ।
यस्तै कटारी नगरपालिका–६ रिस्कुमा पनि गए रातिको चट्याङबाट रिस्कुका १२ वर्षीय आसमान राई सख्त घाइते भएका छन् भने राईको घरमा चट्याङका कारण बाख्रा पनि मरेको छ । त्रियुगा नगरपालिका–५ दमौटीका २७ वर्षीया सुष्मा मगर पनि सुतेको अवस्थामा चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ । ट्याङबाट घाइते भएकाको अहिले कटारी अस्पताल र जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी प्रमुख बुढामगरले बताएका छन् ।
यस्तै गए रातिको हावाहुरीले त्रियुगा, बेलका र चौदण्डी नगरपालिका क्षेत्रका करोडौँ मूल्यको फलफूल आँप, लिची र केराखेतीमा क्षति पुगेको छ । त्रियुगा नगरपालिकाका खैजनपुर, जोगिदह क्षेत्रमा भर्र्खरै फल लाग्दै गरेको आँप र लिचीमा क्षति पुगेको जोगीदहका स्थानीय नारायण ढकालले बताएका छन् । यस्तै यस क्षेत्रमा धेरै केराका बोटसमेत हावाहुरीले ढालेको अर्का स्थानीय राजनारायण चौधरीले बताएका छन् ।
चौदण्डी नगरपालिकाको हँडिया र सिवाइ सुन्दपुर क्षेत्रमा पनि भर्खरै फल लागेको आँप र लिचीमा हावाहुरीले खसालेर क्षति पु¥याएको छ भने धेरै केराका बोट लडाएको हँडियाका स्थानीय विष्णु चौधरीले बताएका छन् । जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, भागलपुर क्षेत्रमा पनि हावाहुरीको कारण आँप र लिचीको फलमा क्षति पुगेको छ भने धेरै केरा बगानका केरा ढालेको भागलपुरका सविन्द्र राईले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार