आरडिटी पोजेटिभ दुई जनाको स्वाब परीक्षण नेगेटिभ
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ बिहिबार १५:१५:२४
११ बैशाख मार्तडी । बाजुराको त्रिवेणी नगरपालिका–९ बाँगापाटामा र्यापिड टेस्टमा पोजेटिभ देखिएका दुई जनामा स्वाब परीक्षणमा नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
नगरपालिकामा गरिएको र्यापिड टेूटमा १८ वर्षका र ६० वर्षका दुई पुरुषमा देखिएपछि स्वाब परीक्षण गर्न मङ्गलबार धनगढी पठाइएको थियो । नमूना स्वाब परीक्षणपछि दुवै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुरा जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए ।
र्यापिड टेस्टमा १८ वर्षका युवकको दुईपटक जाँच गर्दा नेगेटिभ देखाएको भए पनि नमूना स्वाब परीक्षणका लागि पठाइएको हो भने ६० वर्षका पुरुषको र्यापिड टेस्टमा भने दुईपटक जाँच गर्दा पोजेटिभ देखिएको थियो । र्यापिड टेस्टमा नेगेटिभ र पोजेटिभ देखिएका दुवै पुरुषको स्वाब परीक्षणमा बुधबार नेगेटिभ आएको पन्तको भनाइ छ ।
र्यापिड टेस्ट किट अभाव
र्यापिड डायग्नोस्टिक टेस्ट शुरु भएसँगै किट अभाव भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले जानकारी दिए । यहाँ ११ सय र्यापिड डायग्नोस्टिक टेस्ट सरकारले पठाएको थियो तर त्यो सबै सकिएकाले अहिले अभाव भएको जनस्वास्थ्य अधिकृत पन्तले जानकारी दिए । र्यापिड डायग्नोस्टिक टेस्ट सकिन नपाउँदै जिल्लामा किटको अभाव देखिएको पन्तको भनाइ छ ।
उहाँका अनुसार जिल्लाका स्थानीय तहमा जिल्लाबाहिरका शहर र भारतबाट आएकाहरुको र्यापिड टेस्ट गर्न नपाउँदै किट सकिएकाले परीक्षण कार्य बन्द भएको छ । किट अभाव भएपछि सुदूरपश्च्मि प्रदेश स्वास्थ्य निर्देशनालयलाई खबर गरिएको छ । निर्देशनालयका निर्देशक गुणराज अवस्थीले प्रदेशमा समेत किट नभएकाले केही दिनपछि चीनबाट आउने भएकाले पाँच दिनपछि बाजुरामा पठाउने प्रतिक्रिया दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सञ्चारकर्मीलाई सामग्री सहयोग
जिल्लामा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । महामारीको बेलामा ज्यानलाई जोखिममा राख्दै स्थानीयस्तरमै गएर समाचार सङ्कलन गर्दै समाजलाई सूचना दिने र सचेत गराउने ३० पत्रकारलाई स्वास्थ्य सामग्री बुधबार हस्तान्तरण गरिएको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताउए ।
नगरपालिकाले मार्तडीमा नै कार्य क्षेत्र बनाएर जिल्लादेखि केन्द्रीय सञ्चारमाध्यममा कार्यरत ३० सञ्चारकर्मीलाई प्रतिव्यक्ति एक स्यानिटाइजर, दुई साबुन र पाँच वटा मास्क हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार