तनहुँमा ५६३ जनाको आरडिटी परीक्षण, पच्चिस जना क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ शनिबार १६:३८:१९
१३ वैशाख, तनहुँ । शनिबारसम्म दश भारतीय नागरिकसहित २५ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । जिल्लाको भानु नगरपालिकाका छ पुरुष र पाँच महिला गरी ११, बन्दिपुरमा तीन पुरुष र एक महिला गरी १५ जना क्वारेन्टाइनमा बस्दै आएका थिए । व्यासनगरपालिका– ४ मा शुक्रबार १० जनालाई क्वारेन्टाइनमा राखिएपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २५ जना पुगेको हो ।
व्यासनगरपालिका–४ मा डेरा गरी विगत लामो समयदेखि बस्दै आएका १० भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । पोखराबाट आएका साथीहरुसँग बिहीबार घरमा जान भनी बस चढेर हिँडेका उनीहरुलाई भारत र नेपालको बोर्डर भन्टाबारी कोशी ब्यारेजबाट फर्काइदिएपछि पुनः दमौली फर्किएका हुन् । बसबाट झर्नसमेत नदिई त्यही चढेर गएको बसमा हामीलाई दमौलीतर्फ नै फर्काइदिएको पश्चिम बङ्गाल घर भई हाल क्वारेन्टाइनमा बस्दै आएका महम्मदधाबी मुल्लाहाले बताए । व्यासनगरपालिकाले सुरक्षित किसिमले राखी दिएको छ । उनले भने, “दुई हप्ता बसेपछि पुनः आफ्नै कोठामा फर्किनेछौँ।”
शुक्रबार बिहान दमौली झरेपछि व्यासनगरपालिका कार्यालयद्वारा उनीहरुको उद्धार गरी व्यासनगरपालिका–४ स्थित मदरसा प्राथमिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरी राखिएको वडाध्यक्ष विश्वराज न्यौपानेले बताए । उनीहरुको खानाका लागि व्यासनगरपालिका कार्यालयबाट व्यवस्था गरिएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको अनुमतिमा उनीहरुलाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको हो उनले भने ।
पाँच सय ६३ को आरडिटी परीक्षण
तनहुँमा विभिन्न देशबाट घर फर्किएका ७५४ पुरुष र ८९ महिला गरी ८४३ मध्ये ५६३ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटमार्फत कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताए। उनका अनुसार व्यासनगरपालिकामा २०२, शुक्लागण्डकीमा १२४, भीमाद नगरपालिकामा ११७, ऋषिङ गाउँपालिकामा १०३, भानुनगरपालिकामा ९०, घिरिङ गाउँपालिकामा ७०, म्याग्दे गाउँपालिकामा ४३, देवघाट गाउँपालिकामा ३७, बन्दीपुर गाउँपालिकामा २३ आँबुखैरेनी गाउँपालिकामा २६ जना गरी ८४३ विदेशबाट घर फर्किएका छन् ।
त्यसैगरी जिल्लामा हालसम्म १८ जनाको स्वाब सङ्कलन गरी पोखरा परीक्षणका लागि पठाइएकामा उनीहरुको पनि नेगेटिभ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलिन रोक्ने उद्देश्यले जिल्लाका १० वटै स्थानीय तहका वडा वडामा पुगेर उनीहरुको आरडिटी परीक्षण गरिएको थियो । हाल जिल्लामा परीक्षणका लागि किट अभाव रहेकाले मगाउने कार्य भइरहेको उनले बताए । जिल्लामा १० पालिकामध्ये चार नगरपालिका र छ गाउँपालिकाका ८५ वटै वडामा पुगेर विदेशबाट घर फर्किएका व्यक्तिको आरडिटी परीक्षण गरिएको स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिए ।
जिल्लामा २५ स्थानमा १८१ श्ययाको क्वारेन्टाइन र ४२ श्ययाको आइसोलेशन स्थापना गरिएको छ । विदेशबाट फर्किएकाहरुको स्वास्थ्य अवस्था सामान्य भेटिएको छ । तनहुँको देवघाटस्थित क्वारेन्टाइनमा बस्दै आएक एक पुरुष समयावधिसम्म रहँदा उनको स्वास्थ्य अवस्था सामान्य देखिएपछि घर फर्किसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
'कमेडी दरबार' असार १४ बाट प्रसारणमा आउने
बैशाख ३१, २०८१ सोमबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
प्रधानमन्त्रीको निर्णय कुर्दै कांग्रेसले स्थगित गर्यो संसदीय दलको बैठक
बैशाख ३१, २०८१ सोमबार
विश्वासको मत लिने तयारी मुख्यमन्त्री सोडारी
बैशाख ३१, २०८१ सोमबार