ओलीको नयाँ फण्डा
कुसुम सेञ्चुरी
बैशाख १८, २०७७ बिहिबार १७:२:२३
१८ बैशाख, काठमाडाैं । नेपाली राजनीतिमा उखान टुक्का मात्र होइन नयाँ नयाँ फण्डा तयार गर्ने नेता हुन्–खड्गप्रसाद ओली । हिजो उनले आफ्नो परिचय त्यही पेरिफेरिमा दिए । धेरैको अनुमान विपरित ओलीले हिजो साँझको सचिवालय बैठकमा नयाँ फण्डा ल्याए – अबको प्रधानमन्त्री कमरेड बामदेव गौतम ।
बैठक साढे पाँच बजे शुरु भयो । ओलीले आफू केही नबोल्ने भन्दै विषय प्रवेश गराउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समय दिए । प्रचण्ड धाराप्रवाह बोल्न थाले । शुरुमा केही नरम शैलीमा प्रस्तुत भएका प्रचण्ड पछि भने आक्रामक रुपमा देखिए । पार्टी एकता भन्दा विभाजनतर्फ ओली अग्रसर भएको, आपूmलाई दोस्रो दर्जाको अध्यक्ष बनाएको जस्ता नानाथरिका आरोप लगाए ।
अनि स्वाट्ट अगाडि सरेर ओलीले भने– ल भो अब, बुझियो तपाईंको कुरा । मेरो प्रस्ताव सुन्नुहोस् । हामी समकालिन नेताहरु सबै जसो प्रधानमन्त्री भइसक्यौं । तपाईंहरुलाई मेरो नेतृत्व मन परेन भने, कोरोनाको महामारी सकिने वित्तिकै बामदेव कम्रेडलाई प्रधानमन्त्री बनाउँ । साथै माधव कमरेडको पनि इच्छा पूरा गरौं । उहाँलाई तेस्रो अध्यक्ष बनाउँ न त ।त्यसपछि सबै परे ट्वाँ । कसैले नचिताएको प्रस्ताव ओलीले गरे । बामदेव गौतम पनि ओलीको प्रस्तावबाट पुलुकित भए ।
ओलीसँग लामो संगत गरेका वाम नेता आर के मैनाली भन्छन्– समस्या आएपछि ओलीले सधैं नयाँ नयाँ फण्डा झिक्छन्, अहिले पनि त्यही गरे ।नेकपाका सबै नेता पद र शक्तिको भोका छन्,त्यो कुरा ओलीजीलाई थाहा नहुने कुरै भएन, पूर्व बाम नेता मैनाली भन्छन्– ओलीले सबैलाई थाङ्नामा सुताई दिन्छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीको यस्तो प्रस्तावले सचिवालय बैठकमा एकछिन त सन्नाटा छायो । लगत्तै प्रतिवाद गरे गृहमन्त्री रामबहादुर थापाले । अहिले सरकारको विकल्प खोज्नेतिर नलागौं । बामदेव कम्रेडलाई प्रधानमन्त्री बनाउनेतिर लागियो भने अर्काे अस्थिरता शुरु हुन्छ । बरु पावर शेयरिङ गरेर जनतालाई उत्साहित बनाउँ ।
झलनाथ खनाल चाहिं कुनैपनि हालतमा स्थायी कमिटी बैठक बसेर मात्रै समाधान निकाल्नुपर्ने पक्षमा देखिए । ओलीको नयाँ कार्ड आएपछि सबैभन्दा गाह्रो माधव नेपाललाई परेको छ । उनी ओलीलाई प्रधानमन्त्रीबाट भन्दा अध्यक्ष पदबाट विस्थापित गराउन चाहन्छन् । पार्टी नेतृत्व हातमा आएपछि सरकारलाई लगाम लगाउन सकिने उनको विश्वास छ । सबै नेताको नाडी छामेका ओलीले यस्तो प्रस्ताव ल्याएपछि थप गृहकार्य गर्न दुई दिनको समय मागियो । अब आगामी शनिबार सचिवालयको अर्काे बैठक बस्ने निधो गरी नेताहरु घरतिर लागे ।
प्रधानमन्त्री ओलीको पछिल्लो प्रस्ताव धेरैलाई अनौठो लागेपनि केही नेताहरु भने स्वभाविक ठान्छन् । ओलीसँग लामो संगत गरेका वाम नेता आर के मैनाली भन्छन्– समस्या आएपछि ओलीले सधैं नयाँ नयाँ फण्डा झिक्छन्, अहिले पनि त्यही गरे ।नेकपाका सबै नेता पद र शक्तिको भोका छन्,त्यो कुरा ओलीजीलाई थाहा नहुने कुरै भएन, पूर्व बाम नेता मैनाली भन्छन्– ओलीले सबैलाई थाङ्नामा सुताई दिन्छन् ।
सबैभन्दा धेरै पदप्रतिको आशक्ति र लोभ बामदेवमा रहेको उनको बुझाई छ । भन्छन्– बामदेव कार्डबाट ओलीले आफ्नो रक्षाकवच तयार गरेका छन् । अबको केही समय यसै मुद्धामा नेकपा अल्झिरहन्छ । तर नेकपा स्थायी कमिटी सदस्य समेत रहेका नेता भीम रावल भने परिस्थिति सहज नभएको ठान्छन् । अब कसैलाई ललीपप देखाएको भरमा शासन सत्ता लम्ब्याउँछु भन्ने नठाने हुन्छ – उनले भने ।
संविधान र व्यवहार दुबै अर्थमा अहिले बामदेव कम्रेड प्रधानमन्त्री बन्न असम्भव रहेको तर्क गर्दै उनले भने – नेताहरुलाई पदलोलुप देखाएर गलत कामको ढाकछोप गर्ने कुरा अब सम्भव छैन । तर ओलीले प्रस्ताव गरेको दुई बुँदाले राजनीतिलाई नयाँ बहसमा भने धकेलेको उनले पनि स्वीकार गरे ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरबारमा
बैशाख ३१, २०८१ सोमबार