लकडाउनको समयमै हुलाकी सडकको निर्माण कार्य शुरु
नेपालबहस संवाददाता
बैशाख १८, २०७७ बिहिबार २१:५३:३५
१८ वैशाख, विरगञ्ज । विगत लामो समयदेखि लागू भएको लकडाउनको समयमा बाराको गढीमाई नगरपालिकाको बरियारपुरदेखि वीरगञ्जसम्मको १९ किलोमिटर सडकखण्डको निर्माण कार्य शुरु भएको छ । करिब रु ८५ करोड ८५ लाखको लागतमा निर्माण शुरु भएको बरियारपुरदेखि वीरगञ्ज महानगरपालिकाको लक्ष्मनवासम्मको १९ किलोमिटरको सडकको निर्माण कार्य लकडाउनको समयमा शुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।
आयोजनाको ठेक्का सम्झौता २०७४ पुस १२ गतेदेखि २०७७ असार ११ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको स्वच्छन्द, पप्पु, हिम, सगरमाथा जेभी आयोजनाका इन्जिनीयर अमरेन्द्रकुमार यादवले बताए । तराई मधेशको लाइफलाइनका रुपमा रहेको हुलाकी राजमार्गको निर्माणका क्रममा सडकमा माटो हाल्ने कामदेखि गिट्टी, बालुवा हाल्ने काम सम्पन्न गरी अहिले सो सडकमा कालोपत्रे हाल्ने काम गर्न लागिएको बताइएको छ ।
यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण प्रभावित भएकाले लकडाउनको समयमा भए पनि सो कामलाई निरन्तरता दिएको बताइएको छ । लकडाउनका कारण सवारी साधन सञ्चालन नहुँदा बालुवा गिट्टी उपलब्ध नभएर केही ठाउँमा काम रोकिएको भए पनि यसको व्यवस्थापन स्थानीय सरकारले गरेकाले सो काम अगाडि बढेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार
चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
यी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार