बामदेवलाई प्रम बनाउन ओलीको ठोस प्रस्ताव तयार
कुसुम सेञ्चुरी
बैशाख १९, २०७७ शुक्रबार १८:५२:५५
१९ बैशाख, काठमाडौ । “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भन्ने नेपाली उखान यतिबेला सत्ताधारी नेकपाभित्र खुबै जमेको छ । संसार कोरोना भाइरससँग एकढिक्का भएर लड्दै छ । नेपालका पनि यो महामारी नै नभएपनि ठूलै समस्या र चुनौतीका रुपमा देखिइसकेको छ । यसका विरुद्ध लड्न सबै एकजुट छन् । प्रतिपक्षी दलहरुसमेत सरकारलाई सघाउने अभियानमा छन् । तर ठीक यही बेला सत्ताधारीहरु भने पावर शेयरिङमा अल्झिएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष खड्गप्रसाद ओली सबै शक्ति पोको पारेर बसेका छन् । उनलाई लागेको होला– म नै राज्य हुँ । कुनैबेला लुई चौधौंलाई पनि यस्तै लाग्थ्यो । उ भन्ने गथ्र्याे – आई एम दी स्टेट । नेपालमा पनि पछिल्लो चरणमा ओलीमा त्यही छनक देखिन्थ्यो । नेपाली जनताको प्रचण्ड मत र विश्वासका साथ सत्तासिन भएका ओलीले भन्न थाले, म नै सब थोक हुँ । त्यसको प्रतिकार गर्ने ल्याकत नेकपाका अन्य नेतामा देखिएन । तर उनको ज्यादती बढेकैले होला ,विरोधीको मोर्चाबन्दी गतिलै बन्यो । शीर्ष नेताहरु सबै उनी विरोधी भएका छन् । सबैको चाहना चाहिं एउटै देखियो –राजकीय सत्ता । सत्ताका लागि मरिहत्ते सबैको लक्ष्य हो । तर उपयुक्त समय थिएन । जब ओलीले राजनीतिक दलसम्वन्धी अध्यादेश जारी गराए, बिरोधी नेताले पाए निहुँ । सत्तामा शेयरिङ गर्न अवसरको पर्खाईमा रहेका सबैका त्रिनेत्र खुले । कसैलाई प्रधानमन्त्री नै चाहियो , त कोही अध्यक्ष बन्न नपाएको गुनासो पोख्न थाले । के निहुँ पाउँ कनिका बुक्याउँ भने जस्तो ।
ओली साँच्चै बामदेवलाई प्रधानमन्त्री बनाउन चाहन्छन् भने भोलिको बैठकले ठोस निर्णय गर्ने छ– नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने । तर उनलाई विश्वास छैन प्रधानमन्त्री ओलीले कुनै ठोस प्रस्ताव ल्याउनु हुन्छ भन्नेमा । यो फण्डा भोलिबाट अर्काेतिर सिफ्ट गर्छ भन्दै उनले ओलीले भोलि पक्कै नयाँ प्रस्ताव ल्याउने उनको बुझाई रहेको छ ।
सबै शक्ति कुम्ल्याएर बसेका ओली अब भने अफ्ठेरोमा परेका छन् । नेकपाका अधिकांश नेता उनको उछित्तो काढ्ने मौकाको खोजीमा थिए । पाए ठाउँ । सबैले उनलाई ख्याउँ ख्याउँ गर्न थालेका छन् । ओली भने सकेसम्म पार्टी कमिटीका बैठक राख्नै नचाहने । घेराबन्दीमा परेपछि अस्ति उनले ठूलै कसरत गरे । बालुवाटार बोलाएर सांसदहरुलाई आफ्नो पक्षमा हस्ताक्षर अभियान नै चलाए । तर साँझको सचिवालय बैठकमा सबैलाई चक्मा दिने गरी नयाँ प्रधानमन्त्रीमा बामदेव गौतम र तेस्रो अध्यक्षमा माधवकुमार नेपाललाई ल्याउने प्रस्ताव ल्याइदिए । उनलाई राम्रो थाहा थियो झगडा सिद्धान्तको होइन, मात्र सत्ता प्राप्तिको हो ।
नभन्दै उनको यो प्रस्तावले एकछिन त बैठक नै सन्नाटामय बन्यो । कसैले नचिताएको प्रस्ताव ओलीबाट आउँदा अक्न न बक्को अवस्था । अकस्मात आएको प्रस्ताव धेरैलाई पत्यारिलो लागेन । त्यसैले भोलि २० गतेको बैठकमा ठोस र कार्ययोजनासहितको प्रस्ताव माग गरिएको छ । ओली साँच्चै बामदेवलाई प्रधानमन्त्री बनाउन चाहन्छन् भने भोलिको बैठकले ठोस निर्णय गर्ने छ– नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने । तर उनलाई विश्वास छैन प्रधानमन्त्री ओलीले कुनै ठोस प्रस्ताव ल्याउनु हुन्छ भन्नेमा । यो फण्डा भोलिबाट अर्काेतिर सिफ्ट गर्छ भन्दै उनले ओलीले भोलि पक्कै नयाँ प्रस्ताव ल्याउने उनको बुझाई रहेको छ ।
बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावका पछाडि हिंड्नु भनेको स्यालको सिंग खोज्नु जस्तै हो भन्ने उनलाई राम्रो थाहा छ । त्यसको हेक्का बामदेवलाई छैन । त्यसैले अबको राजनीति फेरि नयाँ कोर्षमा अगाडि बढ्न सक्छ । बामदेव ओलीको पक्षमा हुने अवस्था आयो भने फेरि सचिवालयमा नयाँ समीकरण बन्ने छ ।
तर बालुवाटार निकट स्रोत भन्छ– प्रधानमन्त्री आफ्नो प्रस्तावमा अडिग हुनुहुन्छ, भोलि उहाँबाट ठोस प्रस्ताव जानेछ ।ओलीले आफू पक्षीय एकजना प्रतिनिधिसभा सदस्यलाई राजीनामा गराएर वा संविधान संशोधन गरेर भएपनि बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याउने बुझिएको छ ।
त्यस्तो अवस्था आयो भने के होला ? हेरौं फरक कोणबाट ।
पहिलो कुरा ओलीले भोलि साँच्चै ठोस प्रस्ताव ल्याए भने सबैको चित्त बुझ्ला नै । पहिलो कुरा बामदेव अहिले संसदको कुनै सदनमा पनि सदस्य छैनन् । राष्ट्रियसभामा रिक्त स्थानमा बामदेवलाई ल्याउने हो भने सबैभन्दा पहिला संविधान संशोधन गरेर मात्र प्रधानमन्त्री बनाउन सकिन्छ । यस्तो गर्न सहज छैन । एक त नेकपाको एकल दुई तिहाई छैन संसदमा । अर्काे संसदीय व्यवस्था भएका देशमा यस्तो व्यवस्था संसारमा कतै छैन । त्यसैले लोकतन्त्रको मूलमर्म नै ध्वस्त हुने गरी संविधान संशोधन सहज छैन ।
बामदेव आफू चाहिं ओलीको तर्फबाट ठोस प्रस्ताव आए प्रधानमन्त्री आफ्नो पोल्टामा आईहाल्ने विश्वासमा रहेका छन् । उनको चाहना भनेको प्रतिनिधिसभा भन्दा राष्ट्रियसभाबाटै आउने र संविधान संशोधन गराउने रहेको छ । उनलाई लागेको छ–प्रचण्ड र माधव आफ्नै पक्षमा छन्, अब ओलीले प्रस्ताव गरेपछि त के को समस्या होला र ?
अब माधव नेपालको पाटोबाट विश्लेषण गरौं । प्रचण्ड–माधवको चंगुलमा फसेका बामदेवलाई आफूतिर तान्न ओलीले चाल चलेको सबैको बुझाई छ । जनताबाट तिरष्कृत व्यक्तिका रुपमा स्थापित भइसकेका बामदेव कमसेकम संसदको यो कार्यकालमा प्रधानमन्त्री बन्नु भनेको लोकतन्त्रकै उपहास हो भन्ने मान्यता माधवलाई लागेको छ । त्यसैले बाहिर केही नभनेपनि उनी यस्तो निर्णय हुने नै अवस्था आयो भने विपक्षमा उभिने संभावना प्रबल छ । साथै, तेस्रो अध्यक्षको रुपमा आफू पार्टीमा बस्ने कुरा पनि उनका लागि सहज छैन । अध्यक्ष नै पाउने भए ओलीले पदत्याग गर्नुपर्ने उनको शर्त हुने छ । प्रचण्ड र आफूले पार्टी हाँक्ने ओलीलाई कमजोर प्रधानमन्त्री बनाउने उनको योजना रहेको छ । बामदेवलाई प्रधानमन्त्री बनाउन नसकिने उनलाई राम्रो थाहा छ । त्यसैले भोलिको सचिवालय बैठकमा ओलीलाई अध्यक्ष पदबाट बिदा गर्ने उनको प्राथमिकतामा परेको छ ।
बामदेव आफू चाहिं ओलीको तर्फबाट ठोस प्रस्ताव आए प्रधानमन्त्री आफ्नो पोल्टामा आईहाल्ने विश्वासमा रहेका छन् । उनको चाहना भनेको प्रतिनिधिसभा भन्दा राष्ट्रियसभाबाटै आउने र संविधान संशोधन गराउने रहेको छ । उनलाई लागेको छ–प्रचण्ड र माधव आफ्नै पक्षमा छन्, अब ओलीले प्रस्ताव गरेपछि त के को समस्या होला र ?
तर अहिलेको अवस्थामा बामदेवका लागि ओली भन्दा खतरा माधव नेपाल रहेका छन् । मुखमै आइसकेको पद अर्काको पोल्टामा पार्न उनी चाहँदैनन् । बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावका पछाडि हिंड्नु भनेको स्यालको सिंग खोज्नु जस्तै हो भन्ने उनलाई राम्रो थाहा छ । त्यसको हेक्का बामदेवलाई छैन । त्यसैले अबको राजनीति फेरि नयाँ कोर्षमा अगाडि बढ्न सक्छ । बामदेव ओलीको पक्षमा हुने अवस्था आयो भने फेरि सचिवालयमा नयाँ समीकरण बन्ने छ ।
ओली पक्षमा बामदेव, रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल हुने वित्तिकै खेल अर्काे हुने छ । यस्तो संभावना नभएको पनि हैन । यसका लागि पनि ओलीले भोलिको बैठकमा बामदेवलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव पास गराउने छन् । प्रस्ताव पास गराउनुको अर्थ तत्काललाई उनको टाउकोबाट तरवार हट्नु हो । त्यसैले भोलिको सचिवालय बैठकले बामदेवलाई नै प्रधानमन्त्री बनाउने निर्णय लिने संभावना बलियो देखिन्छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार