मजदुर दिवसको शुभकामना र कम्युनिष्ट सरकार
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शुक्रबार १९:२१:४५
आज मे १ तारिख, मजदुर दिवस । विश्व लकडाउनको चपेटाले सिंगो मजदुर समुदाय अकालमै मरिरहेको दिन । सिंगो विश्वमा मजदुरहरुको रोजगार हराईरहेको दिन । बन्दाबन्दीका कारण काम हराएर खान नपाई नपाई सिंगो मजदुर समुदाय नै रोईरहेको दिन । विश्व मजदुर आन्दोलनका अभियन्ताहरुले हाम्रो मुलुक चलाईरहेको भएता पनि यिनीहरुलाई कत्ति पनि लाज, घिन र शरम नलागेको दिन । मजदुरलाई महिनौदेखि काम बन्द भएर ऋणै ऋण लागेको दिन ।
सरकारले मजदुर वर्गको हित र सम्मानका नाममा पार्टीका झोलेहरुलाई राहत बाडन खटाई आप्mनै कार्यकर्ताहरुमार्फत गरिबका नाममा करोडौं ब्रम्हलुट गराईरहेको दिन । मजदुर राहत बाँडेको समाचार सुनेर रेडियो र टीभी हेर्दै अघाईरहेको दिन । मे १ अर्थात मजदुर दिवसमा आज दीन, हीन, श्रमिक, मजदुर, कालिगड लगायतलाई कम्तिमा एकहप्ताको राहत सामाग्री दिएर मनाउन पाएको भए कति जाति हुन्थ्यो ? के गर्नु सरकार राहत आफ्ना दलका कार्यकर्तालाई मात्र बाँडछ ।आधा पेट खाएर बाँच्न बाध्य मजदुरहरुका नाममा, मजदुरहरु कै सम्मानमा मनाईने मजदुर दिवसका नाममा मेरो पनि तमाम नेपाली मजदुर प्रति सम्मान स्वरुप सलाम छ ।
आज भोली गाउँमा गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ भन्ने गीत बज्न छोडेका छन् । सबै मजदुरहरुले दुईचार ओटा महल उता शहरमै जोडेका छन् । यता गाउँमा पनि यिनीहरुले नै विकासको मुल फोडेका छन् । लाज पचेका लबस्तरा नेताहरु देशभित्र रहेका मजदुरका लागि केही माखो मार्न सक्दैनन् । अनि भन्छन् संसार भरिका मजदुरहरु एक हौं ।
मजदुर त्यो हो जसले सिंगो संसारलाई पालेको हुन्छ । सिंगो मानव समुदायलाई आफ्नाे छत्रछायाँमा लुकाएको हुन्छ । आज तिनै महान मजदुर नेताहरु तिनै मजदुरले बनाएका आलिशान महलमा बसेर मजदुरकै उन्नती र मजदुरकै प्रगतिको योजना बनाउदैछन् । पाँचतारे होटलमा काँटा र चम्चाले तिनै मजदुरले पकाएको खाना खादै तिनै मजदुरको भविष्य उज्जल बनाउने भाषण छाँटिरहेका छन् । होटेलमा दशौं लाखको बिल तिरेर निस्कदै गर्दा त्यहि होटेलमा काम गर्ने मजदुरलाई धन्यवाद भाई या धन्यवाद बहिनी हामीले तिमीहरुकै नाममा लाखौ रुपैयाँ यहि होटेलमा सिध्याएर गयौ । अब तिमीहरुको भविष्य उज्ज्वल बन्नेछ भन्न किन सकिरहेका हुदैनन ? किनकी अहिलेका नेताहरु गरिबीको नाममा राजनीति गर्छन् । गरिबको नाममा राजनीति गर्न सक्दैनन् । मजबुरीको रुपमा राजनीति गर्न सक्छन् । मजदुरीको पक्षमा राजनीति गर्न सक्दैनन् ।
देशले अति नै ठुलो आशा, अपेक्षा र भरोसाका साथ जिताएर पठाएका सर्वहारा वर्गका महान नेताहरु आज मजदुर दिवसकै दिनमा चिरा पर्दैछन् । किन होला ? यिनीहरुको बुद्धिमा किरा पर्दैछ । आफ्नै दलको बहुमतभित्रको बहुमत खोज्दैछन् । नेपाली जनता यस्तो पट्यारलाग्दो अवस्थाको दुर्दशा भोग्दैछन् । यस्तो अवस्थामा सरकार र राजनैतिक दलहरुका तर्फबाट दिईने मजदुर दिवसको शुभकामनाले के नै पो अर्थ राख्ला र ?
आज भोली गाउँमा गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ भन्ने गीत बज्न छोडेका छन् । सबै मजदुरहरुले दुईचार ओटा महल उता शहरमै जोडेका छन् । यता गाउँमा पनि यिनीहरुले नै विकासको मुल फोडेका छन् । लाज पचेका लबस्तरा नेताहरु देशभित्र रहेका मजदुरका लागि केही माखो मार्न सक्दैनन् । अनि भन्छन् संसार भरिका मजदुरहरु एक हौं ।
वास्तवमा नेपाली कम्यूनिष्ट आन्दोलनले किसान, मजदुर, श्रमजीवी वर्ग, र गरिबीले थिचिएका वर्गको पक्षमा कहिल्यै आवाज उठाउन सकेन । आफ्ना व्यक्तिगत निहित स्वार्थका लागि आवाज उठाई हाले पनि सरकारमा गएपछि केही माखो मार्न सकेनन् । कुनै न कुनै बहानामा यो मुलुकमा कम्यूनिष्टहरु पटक पटक सरकारमा गए । सरकार सञ्चालनको अनुभवका साथै सत्ताको मिठो स्वाद चाखे । तर गरिब, किसान, मजदुर वर्ग र श्रमजीवी जनताको मनमा अलिकति पनि खुशीयाली आउने एउटा पनि राम्रो काम गर्न सकेनन् या काम गर्नै चाहेनन् ।
किन कि आफु र आफ्नालाई भएभरको राष्ट्रिय सम्पत्ति सोहोर्दा सोहोर्दै उनीहरुका लागि केहि गर्नै भ्याएनन् ? आफ्ना लागि सोहोरेर हसुर्नसम्म हसुरे । त्यसैले होला अहिले काठमाडौंमा सर्वहारा नेताकै दरवारजस्ता महल छन् रे । देशी, बिदेशी बैंकमा कम्यूनिष्ट पार्टीकै नेताको आधिपत्य छ रे । वरियता क्रममा यिनीहरु नै अघिल्लो पंक्तिमा आउछन् रे । देश त सबै कम्यूनिष्टमय भैसक्यो । प्रतिपक्ष त केही गर्न सक्ने हविगत मै छैन । अब ५ बर्षसम्म मस्त सुतेर बसे भै गयो । गरिब दिनका दिन मरेका मर्यै छन् । देशमा आधा दर्जनभन्दा बढी कम्यूनिष्ट प्रधानमन्त्री बनिसक्दा पनि मजदुर दिवस मनाउनु परेको पर्यै छ । देशमा रोजगारको स्थिति कहिल्यै नबन्ने भो । दक्ष युवा जति भेडा चराउन खाडी र मलेसिया गए । त्यही पनि अब कोरोनाका कारण रोजगारीबाट हात धुनुपर्ने अवस्था आईसक्यो । देशमा उद्योगधन्दा खोलेर रोजगारी सिर्जना गरौन भनौं भने धर्म पुत्रहरुले सरकारी जग्गा र देशको सम्पत्ति कमिशनमै खाएर सक्कि गो । मुलुकमा अझै पनि केही समय जता पनि गरिब मजदुरकै बिचल्ली पर्ने भो ।
देशका अर्थमन्त्री विदेशी ऋण र अनुदान लिन जति सक्रियता देखाउँछन् त्यति सक्रियता अहिलेको बिषंम परिस्थिति र यसबाट उब्जन सक्ने नयाँ समस्याहरुका बारेमा चिन्तित देखिदैनन् । लाग्छ यिनीहरुलाई मजदुर तथा श्रमिक वर्गको समस्याका बारेमा किञ्चित पनि पर्वाह छैन ।देशको आर्थिक अवस्था भाँडमा जाओस् । यिनीहरुलाई भनेको अहिले जे जति छ त्यो सबै आफै मात्र खान पाईयोस् भन्ने सोच छ ।
अहिलेको वर्तमान अवस्थामा विश्व श्रमबजार घटदो क्रममा छ । यसले नेपालबाट विश्व श्रमबजारमा गएका लाखौं युवाहरु बेरोजगार हुने क्रम बढदो रुपमा देखिदैछ । भारतमा बेरोजगारी दर झण्डै २६ प्रतिशतमा पुगेको समाचार छ । अमेरिकामा लगभग ३ करोड जनताले बेरोजगार फर्म भरेका छन भने फ्रान्समा दोश्रो विश्व युद्ध पछिकै उच्च बेरोजगारीको तथ्यांकहरु देखिदैछन् । युरोपमा बेराजेगारीको भयाभह अवस्था देखिने क्रम तीव्र छ । सिंगो विश्व आर्थिक मन्दी र यसबाट मजदुर वर्गमा पर्न जाने असरबारे चिन्तित छ । तर हाम्रो देशको सरकार मुलुकलाई दीर्घकालिन असर पार्ने आर्थिक संकटका बारेमा र भावी आर्थिक मन्दीका बारेमा कानमा तेल हालेर बसेको छ ।
देशका राजनैतिक दलहरु यस्तो बिषम परिस्थितिमा पनि सांसद खरिदबिक्रीको जोड घटाउमा लागेका छन् । लाग्छ, यी राजनैतिक दलहरु तथा स्वयं सरकारलाई यस्ता बिषयहरुले कुनै मतलब राख्दैन । देशका अर्थमन्त्री विदेशी ऋण र अनुदान लिन जति सक्रियता देखाउँछन् त्यति सक्रियता अहिलेको बिषंम परिस्थिति र यसबाट उब्जन सक्ने नयाँ समस्याहरुका बारेमा चिन्तित देखिदैनन् । लाग्छ यिनीहरुलाई मजदुर तथा श्रमिक वर्गको समस्याका बारेमा किञ्चित पनि पर्वाह छैन ।देशको आर्थिक अवस्था भाँडमा जाओस् । यिनीहरुलाई भनेको अहिले जे जति छ त्यो सबै आफै मात्र खान पाईयोस् भन्ने सोच छ । यसले निकट भविष्यमै ठूलो समस्या ल्याउने खतारा आँखा अगाडि देखिईरहेको छ ।
आजको मजदुर दिवसले नेतामा सदबुद्धि आओस् । मजदुरले न्यूनतम ज्यालादारी र तलबमानमा काम पाओस् । सबै नेपालीले काम गरेर दुई छाक खान पाओस् । बिरामी हुँदा औषधि गर्न स्वास्थ्य बीमाले सहयोग पुर्याओस् । मजदुरका ओठमा हाँसो छाओस् । मजदुरले श्रमको उचित दाम पाओस् । देशमा देखिएको महामारीबाट मुलुकले छिट्टै मुक्ति पाओस् । नयाँ बर्ष सँगै सबै नेपालीमा खुशीको सञ्चार छाओस् । भ्रष्टाचारी नेतालाई नेपाली जनताले जुत्ताको माला लगाउन ।
श्रमजीवी वर्गको पक्षमा काम गर्ने नेताको सधैं जनताले गुणगान गाउन । यिनै मजदुरहरुले निर्माण गरेका भब्य तथा आलिशान महलमा बसेर सत्ताको उन्मादमा सरकार निर्माण र परिवर्तन गराउने खेलमै हराएर आफ्ना बिरोधीहरुलाई निमिट्यान्न पार्ने अभियानमा राष्ट्रलाई बन्धक बनाई सिंगो श्रमजीवी मजदुर वर्गको दुःख र पीडा भुल्नेलाई सिंगो श्रमिक तथा मजदुर वर्गले आजकै दिनलाई साक्षी राखी आउँदा दिनका योजना बनाउन अब जरुरी भैसकेको छ ।
मजदुर दिवसको हार्दिक मंगलमय शुभकामना !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
नेदरल्याण्ड्सको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
बिहारका पूर्व उपमुख्यमन्त्री सुशील मोदीको निधन
जेठ १, २०८१ मंगलबार
कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा युवतीको निधन
जेठ १, २०८१ मंगलबार
आज राष्ट्रपतिलाई रोक्ने कि नरोक्न भन्नेबारे कांग्रेसमा छलफल सुरु
जेठ १, २०८१ मंगलबार
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
सभामुखले बोलाए दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ १, २०८१ मंगलबार