ओलीको संकटमोचनको कथा
कुसुम सेञ्चुरी
बैशाख २२, २०७७ सोमबार १६:५३:३३
समाचार टिप्पणी
२२ बैशाख, काठमाडौं । लगभग राजीनामा गरेर बालकोट बसाई सर्नुपर्ने अवस्थामा पुगिसकेका प्रधानमन्त्री केपी ओलीमाथिको संकट कसरी नाटकीय ढंगले मोचन भयो त ? धेरैलाई आश्चर्य लागेको छ । तीन दिनअघि प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ भनि कुर्लेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १८० डिग्री फन्को मार्ने अवस्थामा कसरी पुगे ? त्यो पनि सरोकारवालाका लागि विचित्रको घटना लागेको छ ।
यसको मूलकारण भनेको सचिवालय बैठक शुरु हुनुअघि ओलीले प्रचण्डसँग गरेको निर्णायक वार्ता नै रह्यो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी करिब साढे पाँच बजे फर्किएका ओलीले सचिवालय बैठक कक्षमा कुरिरहेका प्रचण्डसँग एक्लै कुरा गर्न चाहे । करिब २० मिनेट दुई अध्यक्षबीच भएको वार्ता नै सहजीकरणको प्रस्थान विन्दू बन्यो–बालुवाटार निकट स्रोतले भन्यो ।
दुबै अध्यक्षबीच गुप्तगु हुन थालेपछि प्रतीक्षामा रहेका अरु सदस्यलाई निकै खुलदुली बढेको थियो । जब बैठक सुरु भयो ओलीले बढो भावुक भएर विगतमा आफुबाट सरकार र पार्टी सञ्चालनका क्रममा कमी कमजोरी भएकोमा आत्मालोचना गरे । लगत्तै बोलेका प्रचण्डले पनि प्रधानमन्त्री ओली अब संस्थागत रुपमा अगाडि बढ्न तयार भएको र विगतको कमजोरीप्रति आत्मालोचना गरेकाले नयाँ ढंगले जानु उपयुक्त हुने धारणा राखे ।
पराजयको चरणमा रहेका ओलीका लागि बामदेवको साथ नै वरदान सावित भएको उनले बताए । शनिबार मैले बामदेव कम्रेडलाई बोलाएँ, तर उहाँले आफू बालुवाटार पुगेको र भैंसेपाटी गठबन्धनबाट निस्किएको जानकारी दिनुभयो । अनि सचिवालयमा हामी अल्पमतमा पर्ने देखेपछि सोच्न बाध्य भएँ ।
त्यसपछि त बैठकको माहोल नै बदलियो । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल अक्क न बक्क भए । बैठकमा प्रधानमन्त्री ओलीले अघिल्लो बैठकमा प्रस्तुत गरेको प्रस्तावको ठोस कार्ययोजना ल्याउने सबैको अनुमान थियो । तर बैठक सुरु भएपछि देखिएको माहोलले अचम्मित बनायो । जसका बारेमा प्रधानमन्त्री बनाउने भनिएको थियो अर्थात बामदेव गौतम नै चूपचाप देखेपछि धेरैले अनुमान लगाए – दालमें कुछ काला हैं । सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रसंग उठाए– अनि बामदेव कम्रेडका सन्दर्भमा चाहिं के गर्ने ? जवाफमा ओलीले भने– उहाँलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने र प्रधानमन्त्री बनाउने ।
लगत्तै माधव नेपालको सन्दर्भ उठ्यो । नेपालले कुरा बुझे अनि उत्तर दिए– तेस्रो अध्यक्ष मलाई स्वीकार्य छैन । बैठकको निश्कर्ष त यस्तै रह्यो । तर नेता नेपालको मन भने भत्भती पोलिरहेको थियो । आखिर के जादू चल्यो त ओलीको ? एकाएक माहोल अनुकुल बन्यो ? उत्तर खोज्न घोत्लिरहेका नेपाललाई हिजो सबै कुराको बेलिबिस्तार लाए अध्यक्ष प्रचण्डले ।आइतबार दिउँसो कोटेश्वरस्थित निवासमा पुगेका स्थायी कमिटी सदस्यहरु भीम रावल, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तले यसको कारण सोध्न नेता नेपाललाई आग्रह गरे ।
लगत्तै उनले प्रचण्डलाई बोलाए । बालकुमारीस्थित कृष्णलाल महर्जनको घरमा दुई नेताको भेट भयो । त्यहाँ सबै कथा सुनाए प्रचण्डले । पराजयको चरणमा रहेका ओलीका लागि बामदेवको साथ नै वरदान सावित भएको उनले बताए । शनिबार मैले बामदेव कम्रेडलाई बोलाएँ, तर उहाँले आफू बालुवाटार पुगेको र भैंसेपाटी गठबन्धनबाट निस्किएको जानकारी दिनुभयो । अनि सचिवालयमा हामी अल्पमतमा पर्ने देखेपछि सोच्न बाध्य भएँ ।
ओलीले सचिवालय बैठक सुरु हुनुअघि आफूसँग अब संस्थागत रुपमा चल्ने, केही मुख्यमन्त्री र संघीय सरकारका मन्त्री फेरबदल आपसी सहमतिमा गर्ने प्रतिबद्धता जनाएका थिए । साथै, पार्टीकै निर्देशनमा सरकार सञ्चालन गर्ने र कार्यकारी अधिकार प्रचण्डलाई मात्रै दिने बचनवद्धता गरेको पनि बताए । यसका लागि पार्टी स्थायी कमिटी बैठकमा प्रस्ताव ल्याउन समेत ओलीले प्रचण्डलाई अह्राएका छन् । यसबारे प्रष्ट पार्दै प्रचण्डले नेता नेपाललाई अब पार्टी नै सर्बेसर्वा हुने मोडेलमा प्रस्ताव ल्याउने तयारी भईरहेको जानकारी पनि दिए ।
त्यसपछि नेता नेपालको द्विविधा त शान्त भयो, तर ओलीले इमान्दारीपूर्वक निर्णयको पालना गर्छन् भन्नेमा चाहिं शंका गरे ।नेकपालाई अब कुन स्वरुपमा लैजाने र सरकारमाथिको नियन्त्रण कसरी गर्ने भन्ने कार्ययोजना प्रचण्डले तयार गरिरहेका छन् । बामदेवले धोका नदिएको भए ओली यसैपाली धराशायी भईसक्ने ठम्याई प्रचण्ड र नेपालको छ ।
बामदेव किन ओलीका पक्षमा लागे त ? भन्ने प्रश्नको उत्तर खोज्न दुवै नेताले प्रयास गरे । दुवैको निश्कर्ष यो प्रकरणमा महासचिव बिष्णु पौडेलको महत्वपूर्ण भूमिका रहेको छ । बामदेवलाई तत्कालै प्रधानमन्त्री बनाउने भन्दापनि आगामी निर्वाचनमा बनाउने रणनीति हुन सक्छ भन्दै नेताहरुले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा बामदेव पत्नी तुलसा थापा पर्न सक्ने अनुमान गरिएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार