आइतबार , बैसाख ५, २०७८

ओलीको बढ्यो सक्रियता: प्रचण्ड,माधव र झलनाथसँग भेट

ओलीको बढ्यो सक्रियता: प्रचण्ड,माधव र झलनाथसँग भेट

२३ बैशाख, काठमाडौं । नेकपाको स्थायी कमिटी बैठकको मिति नजिकिंदै गर्दा प्रधानमन्त्री केपी ओलीले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । पर्सि बुधबारका लागि तय गरिएको स्थायी कमिटी बैठक शुरु हुनुअघि उनले पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्न थालेका छन् ।

यसैक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनालसँग कुरा गरेका छन् । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा ओलीले स्थायी कमिटी बैठकको अजेण्डा र पार्टीभित्र बृहत एकताको वातावरण बनाउन सुझाव मागेको बताइएको छ । लामो समयदेखि ओलीसँग रुष्ट वरिष्ठ नेता खनालले पार्टीभित्र बृहत्त एकता कायम गर्न सुझाव दिएको स्रोतको भनाई छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसअघि आजै प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग पनि भेट गरेका थिए । भोलिका लागि तय गरिएको सचिवालय बैठकमा पेश गर्ने अजेण्डा र पर्सि स्थायी कमिटीमा राख्ने प्रतिवेदनबारे छलफल भएको बालुवाटार निकट स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले अर्का नेता माधवकुमार नेपालसँग भने छुट्टै भेटघाट नगरी प्रचण्डसँगै भेट गरेका छन् ।

गत शनिबार सचिवालय बैठक यता अरु नेतासँग भेटेपनि ओलीले नेपालसँग भने एक्लाएक्लै भेटेका छैनन् । तर नेता नेपालको सहमति लिन उनले अर्का अध्यक्ष प्रचण्डलाई जिम्मा दिएका छन् । प्रचण्ड र नेपालबीच पटक पटक कुरा भएको छ । तर नेता नेपाल भने प्रचण्डको पछिल्लो गतिविधि शंकास्पद भएको ठानिरहेका छन् ।

प्रधानमन्त्रीले आफूसँग नभेटी प्रचण्डमार्फत सन्देश पठाउने गरेकोमा उनी आक्रोशित छन् । त्यसैले पर्सि हुने स्थायी कमिटी बैठकबाट नै सबै कुराको छिनोफानो हुने उनको ठम्याई छ । साथै, बैठकमा प्रचण्डले विधि–पद्धतिप्रधान प्रतिवेदन प्रस्तुत गर्छन् गर्दैनन् त्यो पनि प्रतीक्षा गरेको देखिन्छ । पर्सिसम्म पर्ख र हेरको अवस्थामा छौं– नेता नेपाल निकट एक केन्द्रीय सदस्यले भने । स्थायी कमिटी बैठकमा पेश गर्ने भनिएको प्रतिवेदन बनाउने जिम्मा प्रचण्ड र महासचिव विष्णु पौडेललाई मात्र दिइएकोमा हामीलाई आशंका छ– उनले भने ।

साँच्चै नै सच्चिन तयार भएको हो भने प्रधानमन्त्रीले नेता नेपालको समेत प्रतिनिधित्व रहने गरी मस्यौदा कार्यदल बनाउनु पथ्र्याे भन्दै उनले तर यस्तो नभएकाले अहिले पर्ख र हेरकै अवस्थामा रहेका छौं– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय