महोत्तरी र वीरगंजबाट लागूऔषधसहित ८ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ बिहिबार २३:२४:५७
२५ बैशाख, काठमाडौं । पर्साकाे वीरगंज महानगरपालिका ३ स्थितबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी एक सय एमएलको ८७ बोतल, वानरेक्स एक सय एमएलको १ सय ३ बोतल, नाइट्राजेपाम २० पिस, नाइट्राभेट ३६ पिस र सिमप्लेक्स्ट ५७ पिससहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-३ बस्ने ४६ वर्षीय सन्तोष पटेल, निजकै श्रीमती ३७ वर्षीया बबिता देवी, सोही ठाउँ बस्ने २८ वर्षीय टिँकु श्रीवास्तव, बिन्दवासिनी गाउँपालिका-२ बहुअर्वाभाठा बस्ने २८ वर्षीय राजनाथ यादव र बारा प्रसौनी गाउँपालिका-३ नौतन बस्ने ३२ वर्षीय मुग्रिम साह रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सन्तोष पटेलको घर तलासी गर्दा बिक्री वितरण गर्न लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
महोत्तरी, सम्सी गाउँपालिका-५ पोखरभिण्डाबाट नियन्त्रित लागूऔषध स्पास्मो १६ पिस, नाइट्राभेट ट्याब्लेट २ पत्ता र एक्प्लान ३ बोतल सहित महोत्तरी गाउँपालिका-५ बस्ने २५ वर्षीय श्याम ठाकुर लगायत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखरभिण्डाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनु’
बैशाख १४, २०८१ शुक्रबार