कुखुरा बिक्रीवितरणमा समस्या भएपछि अनुदान
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शुक्रबार २०:४९:७
२६ बैशाख, गुल्मी । बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा बिक्रीवितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ । छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि रु तीन लाख ५४ हजार अनुदानस्वरुप उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए ।
लकडाउनका कारण बजारमा कुखुरा बिक्रीवितरणमा समस्या परेको गुनासो आएपछि पालिकाले किसानलाई अनुदान उपलब्ध गराएको हो । गाउँपालिकाले फार्मका सात हजार ८० ब्रोइलर कुखुरालाई प्रतिकुखुरा रु ५० का दरले अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत पन्थले बताए । पालिकाले अनुदान उपलब्ध गराउन गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र पशु सेवा शाखा प्रमुख सदस्य रहेको अनुगमन समिति गठन गरेको थियो ।
अनुगमन समितिले प्रत्यक्ष रुपमा पालिकाका सबै कुखुरा फार्मको अनुगमन तथा निरीक्षण गरी व्यवसायीलाई अनुदान उपलब्ध गराएको हो । गाउँपालिकाको अनुदान दिने निर्णयले व्यवसायी खुशी भएको छत्रकोट –२ पल्लीकोटका कुखुरा फर्म सञ्चालक डिल्लीराज खनालले बताए । बजारमा ब्रोइलर कुखराको मूल्य प्रतिकिलो रु १४० देखि १८० सम्म रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार