लिपुलेकमा छचल्केको ओलीको नक्कली राष्ट्रवाद
नेपालबहस संवाददाता
बैशाख २८, २०७७ आइतबार १५:२:३९
◊ गणेश केसी, अधिवक्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशको बाग्डोर थामेपछि विदेशी हस्तक्षेप चरमोत्कर्षमा पुगेको छ । खासगरी निकट छिमेकीसँग असल कूटनीतिक सम्बन्ध राख्न चुकेकैले उनीहरुको हेपाहा नीति चुलिंदै छ । त्यसको पछिल्लो उदाहरण हो नेपाली भूमि प्रयोग गरी भारतले तिब्बतको मानसरोबरसम्मको कनेक्टिभिटी जोडेको घटना ।
सन् १८१६ मा सम्पन्न सुगौली सन्धि अनुसार लिपुलेक नेपाली भूमि हो । वर्षाैंसम्म यही मान्यतालाई स्वीकारियो । भारतले पनि त्यही अनुसारको राजनीतिक नक्शा जारी गरेको थियो । सयौं वर्ष त्यही मान्यता स्थापित भयो । तर अहिले भारतले एकपक्षीय रुपमा त्यहाँ राजमार्ग बनाएर चीनसँग सोझै जोडिएको छ । त्योपनि नेपाली भूमिको प्रयोग गरी । यो घटनाको सर्वत्र विरोध भएको छ । ओली सरकारलेसमेत विज्ञप्ति जारी गरी विरोध जनाएको छ । तर यसको कारण खोज्दै जाने हो भने नेपालका कम्युनिष्टकै नालायकीले यो घटना भएको मान्नुपर्ने हुन्छ ।
ओली सरकारको अपरिपक्व र अदूरदर्शी नीतिले गर्दा भारत र चीनको चेपुवामा नेपाल पर्ने गरेको छ । कहिले भारतसँग त कहिले चीनसँग नातासाइनो जोडेर टाँस्सिने ओली नीति नै कूटनीतिक असफलताको मूल जड हो । परिणामतः विश्व मानचित्रका यी दुबै शक्तिशाली मुलुकको भकुण्डो रुपमा नेपाल प्रयोग भइरहेको छ । सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको भ्रमण गर्दा लिपुलेक हुँदै लिंक रोड खोल्ने सहमति गरेका थिए । त्यतिखेर चीनका राष्ट्रपति लि खस्याङ रहेका थिए
ओली सरकार संकटमा पर्दा चिनियाँ राजदूतको बढेको द्यौसी भैलो आम नेपाली सामु छिपेको छैन । नेकपा भित्रको रडाको मिलाउन उनले खेलेको हस्तक्षेपकारी भूमिका चर्चाको विषय बनेको थियो नेपाली मिडियामा । त्यसैले भारत र चीनको हितका लागि निर्मित सो मार्ग ओलीको सहयोग बिना सम्भव नै थिएन ।
द्विपक्षीय हितका लागि भएको उक्त सम्झौताले सार्वभौम नेपालको अस्मिता लुटिएको थियो । तर ओलीको मितेरी साइनाले त्यहाँ केही काम गरेन । बरु आफ्नो स्वार्थका लागि भारत र चीन दुबैले नेपाली भूमि अतिक्रमण नै गरेर भएपनि बाटो खोल्ने सहमति गरे । यसैबाट प्रष्ट हुन्छ भारत र चीन को हाम्रा मित्र वा सत्रु हुन् भनेर बुझ्न । धेरै माथापच्ची गर्नै पर्दैन । आपसी व्यापार विस्तार गर्ने मामलामा नेपालको सार्वभौमताको बाल मतलब । हो त्यही बाटो हो हिजो भारतले उद्घाटन गरेको हो । नेपालको लिपुलेक कालापानी हुँदै चीनको मानसरोबर जोड्ने यो मार्गको लम्बाई ७८ किलोमिटर छ ।
नेपालका सत्ताधारी दल र तिनका शीर्ष नेताहरुको भारत र चीन परस्त सोच र लालच नै समस्याको जड हो । विगत हेरौं सधैं सत्ताधारीहरुले यस्तै गरेका छन् । परिणामतः हामी धेरैजसो भारतबाट र कहिलेकाहीं चीनबाटसमेत ठगिएका छौं । अझ चर्का नारा दिएर सोझा नेपालीलाई भ्रमित पार्न त कम्युनिष्ट बिल्लाधारीको कपटपूर्ण व्याबहार सबैका सामु छर्लङ्ग छ । मोदी र सि जिन पिङबीच भएको सम्झौताको तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले बरु कडा शब्दमा विरोध गरेका थिए । नेपालको सार्वभौमसत्ताको अपमान भएको भन्दै उनले सम्बन्धित देशलाई पत्राचार नै गरेका थिए ।
त्यसपछि बनेका सरकार यो मुद्धामा चुप लागेर बस्यो । ओलीले भारतीय नाकाबन्दीका बेला चर्का कुरा गरे । तर सत्तामा आएपछि यो प्रकरणमा मौन बसिदिए । हिजो उद्घाटन गरिएपछि मात्र ओलीले थाहा पाएको पक्कै होइन । छ महिना अगाडिदेखि नै भारतले एकपक्षीय रुपमा सडक बनाइरहेको विषय विभिन्न सञ्चारमाध्यमले प्रकाशन प्रशारण गरेका हुन् । तर ओली आफ्ना ख्वामितको इशारामा चल्न बाध्य थिए । त्यसैको परिणाम हो आजको परिस्थिति । आलीको मौन समर्थनले नै भारतको आँट बढेको हो । नत्र हाक्काहाक्की सडक बनाएर उद्घाटन गर्ने साहस पक्कै गर्ने थिएन भारतले ।
भारतले लिपुलेकमा बाटो बनाउन थालेको खबर सार्वजनिक भएसँगै नेपालले गम्भिरतापूर्वक लिएर कूटनीतिक पहल गरेको भए आजको याे अवस्था आउने थिएन । बरु आफैं त्यहाँ बाटो बनाएको भए नेपालको पर्यटन व्यावसाय फष्टाउने थियो ।
लिपुलेक कालापानी मुद्धा विक्रम सम्बत् २०५७ मा समेत उठेको थियो । नेपालका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उनका भारतीय समकक्षी अटलबिहारी बाजपेयीबीच यो प्रकरणमा गम्भिरतापूर्वक छलफल भएको थियो । दुबै प्रधानमन्त्रीले यो मुद्धा आपसी सहमतिमा मिलाउने समझदारी गरे । साथै, नेपालको एक इञ्च भूमि पनि नमिच्ने प्रतिवद्धता बाजपेयीले गरेका थिए । तर समयक्रममा यो विषय ओझेलमा प¥यो । कोइरालापछिका सरकार प्रमुखले यसका खासै चासो दिएनन् । जसले गर्दा भारतको मनोबल बढ्न थाल्यो ।
उसलाई सबैभन्दा सहज हुने बेला ओलीको कार्यकाल थियो । त्यसैले ठीक यही बेला सडक बनायो । औपचारिक रुपमै उद्घाटन गरेको छ । सरकारले लोकाचारका लागि विज्ञप्ति जारी गरेको छ । तर नेकपाले यो विषयमा अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यसैबाट पनि कम्युनिष्ट सरकारको चाला बुझ्न सकिन्छ । भारतले लिपुलेकमा बाटो बनाउन थालेको खबर सार्वजनिक भएसँगै नेपालले गम्भिरतापूर्वक लिएर कूटनीतिक पहल गरेको भए आजको याे अवस्था आउने थिएन । बरु आफैं त्यहाँ बाटो बनाएको भए नेपालको पर्यटन व्यावसाय फष्टाउने थियो ।
साथै, भारतको रणनीतिक चाला परास्त हुने थियो । तर ओली त्यो गर्न सक्ने अवस्थामा थिएनन् , किनभने उनले आफ्ना मालिकको सेवा जो गर्नु छ । उता, चीन प्रभाव पनि ओली सरकारमा कस्तो छ भन्ने प्रष्ट भइसकेको छ । ओली सरकार संकटमा पर्दा चिनियाँ राजदूतको बढेको द्यौसी भैलो आम नेपाली सामु छिपेको छैन । नेकपा भित्रको रडाको मिलाउन उनले खेलेको हस्तक्षेपकारी भूमिका चर्चाको विषय बनेको थियो नेपाली मिडियामा । त्यसैले भारत र चीनको हितका लागि निर्मित सो मार्ग ओलीको सहयोग बिना सम्भव नै थिएन । लोकलाज छोप्न विज्ञप्ति जारी गर्नुको कुनै अर्थ छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
भोली मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार