आज पनि देशैभर आंशिकदेखि सामान्य बदली
नेपालबहस संवाददाता
बैशाख २८, २०७७ आइतबार १७:४२:४६
२८ बैशाख, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशैभर आंशिकदेखि सामान्य बदली हुने र केही क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ ।
अहिले पश्चिममा बदली भई हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित केही स्थानमा वर्षा भईरहेको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको छ । हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव रहेकाले विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने देखिएको हो ।
यस्तै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव पनि रहेको मौसमविदले बताएका छन् । आइतबार दिउँसो पश्चिमी क्षेत्र लगायत मध्य र पूर्वका पहाडी भू–भागमा सामान्य बदली रहनेछ जनाइएको छ । बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
पश्चिमका केही स्थानमा तथा मध्य र पूर्वका एक–दुई स्थामा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राति देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने मौसमविदले बताएका छन् ।पश्चिमी भू–भागका थोरै स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार