आजबाट ६० प्रतिशत अनुदानमा धानको बीउ वितरण
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ मंगलबार १७:५६:२४
३० बैशाख, भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्ना नगरभित्रका किसानलाई ६० प्रतिशत अनुदानमा विभिन्न जातका धानको बीउ वितरण शुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनले धानको बीउ अभाव भएपछि नगरपालिकाले विभिन्न जिल्लाबाट खरिद गरिएको धानको बीउ किसानलाई आजबाट वितरण गर्न शुरु गरेको हो ।
नगरपालिकाले नगरक्षेत्रका एकदेखि १० सम्मका सबै वडाकार्यालयमार्फत ६० प्रतिशत अनुदानमा प्रतिकिलो रु ४८ का दरले खुमल–४ मसिनो, खुमल–१० मसिनो, खुमल–११ ताइचीन र ताइचीन–११ जातको धानको बीउ वितरण शुरु गरेको नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले जानकारी दिए । नगरपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत बुधबारसम्म धानको बीउ वितरण गर्ने भएको हो ।
यस वर्षदेखि नगरपालिकामा कसैले पनि जग्गा बाँझो राख्न नपाउने नियम बनाएपछि धान बीउको माग पनि बढ्न सक्ने नगरपालिकाले आँकलन गरेको छ । नगरपालिकाले यस वर्षदेखि जग्गा बाँझो राख्नेलाई कारवाही गर्ने नीति लिएपछि विगतमा बाँझो हुने बारीहरुमा समेत मकै र विभिन्न जातका तरकारी रोप्न थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार