देशैभर लकडाउनमा २३१ महिला तथा बालिकामाथि हिंसा
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ बुधबार १:५०:२०
३० बैशाख, काठमाडौं । लकडाउनको समयमा २४ जिल्लामा २३१ महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको महिला पुनस्र्थापना केन्द्र ‘ओरेक’ ले अभिलेखीकरण गरेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि यसको रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू छ ।
यस अवधिमा अभिलेखीकरण भएका घटनामध्ये १३३ घरेलु हिंसा, २१ सामाजिक हिंसा, ३४ बलात्कार, सात बलात्कारको प्रयास, १० यौन दुव्र्यवहार, दुई हत्या, दुई हत्या वा आत्महत्या अनुसन्धानका क्रममा रहेको, १४ आत्महत्या, दुई आत्महत्याको प्रयास, दुई हत्याको प्रयासका घटना र चार साइबर अपराधसँग सम्बन्धित रहेका छन् । घटनामा संलग्न पीडकहरुमा १०५ श्रीमान्, ४५ परिवारका सदस्य, ४६ छिमेकी, १२ पे्रमी ठानिएका व्यक्ति, पाँच साथी, चार घरमालिक रहेका र २५ जना पीडकको पहिचान खुल्न बाँकी रहेको ओरेकले जनाएको छ ।
पीडितमध्ये सबैभन्दा बढी ७७ महिला १७ देखि २५ वर्ष उमेर समूहका भएको पाइएको छ । यसैगरी २६ देखि ३५ वर्ष उमेर समूहका ६२, छत्तीसदेखि ४५ वर्ष उमेर समूहका ३३, छयालीस वर्षभन्दा माथिका उमेर समूहका २० महिला विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् । १६ वर्षभन्दा कम उमेरका ३२ बालिका हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका सात जना हिंसाबाट प्रभावित भएका छन् ।
संस्थामा अभिलेखीकरण भएका घटनामध्ये १०२ प्रहरीमा उजुरी दर्ताका लागि गएको, ३० मेलमिलाप समितिमा गएको, ३० हिंसा सहन नसकेर आमाबुबाको घर-आफन्तकामा गएर बसिरहेका, ६९ प्रभावितले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरी नसकेको र वातावरण सहज भएपछि सम्बन्धित निकायमा जाने बताएका छन् ।
ओरेकद्वारा सञ्चालन गरिएको तीन वटा हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंस्थाबाट यी घटनाहरु अभिलेखीकरण गरिएको हो र यीमध्ये १७ वटा घटना सञ्चारमाध्यमबाट सङ्कलन गरिएको ओरेकले जनाएका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार