इटलीद्वारा जुनदेखि विदेश जान र आउन अनुमति दिने
नेपालबहस संवाददाता
जेठ ३, २०७७ आइतबार १:४८:२६
३ जेठ, एजेन्सी । इटलीले आगामी महिनादेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको छ । स्थानीय समय अनुसार शुक्रबार राति इटालीको मन्त्रिपरिषद्को निर्णयमा इटाली भित्रको यात्रामा पनि प्रतिबन्ध हटाइनेछ ।
बासिन्दालाई फेरि एकपटक स्वतन्त्र रुपमा एक क्षेत्रबाट अर्को स्थानमा जान पाउने अनुमति दिइनेछ । मे १८ मा अन्त्य हुने गरी अवागमनमा लगाएको प्रतिबन्धहरू १२ हप्ताभन्दा पछि हटाइनेछ । इटली युरोपमा फैलिएको कोरोनाभाइरसको प्रकोपको केन्द्रबिन्दु बनेको थियो ।
सङ्क्रमण नियन्त्रणका लागि यसले युरोपमा सबैभन्दा कडा मानिएकोे अनावश्यक यात्रामा प्रतिबन्ध लगाउँदै आन्तरिक तथा बाह्य सिमाना बन्द गरेको थियो । जसको शुरूमा यूरोपेली मुलुकहरूमा आलोचना पनि भएको थियो तर इटलीले बन्दाबन्दी नै सङ्क्रमण रोक्ने उत्तम उपाय रहेको ठहर गर्दै लामो समयसम्म आवागमन तथा व्यापारिक गतिविधिमा समेत रोक लगाएको थियो ।
इटालीले पहिलो पटक मार्च १० मा लागू भएको घरेलु लकडाउनका सर्तहरू बिस्तारै सहज गर्दै गएको छ । जुन ३ को परिवर्तन अन्तराष्ट्रिय आवागमनलाई खुलाउने पहिलो कदम हुनेछ । इटलीमा शनिबारसम्ममा दुई लाख २३ हजार ८८५ सङ्क्रमित भएका छन् भने ३१ हजार ६१० व्यक्तिको मृत्यु भएको छ ।
यहाँ एकलाख २० हजार २०५ जना निको भएर घर फर्किएका छन् । इटलीभरी अझै ७२ हजार ७० व्यक्तिले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् । यीमध्ये ८०८ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रसंघीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
बैशाख ३०, २०८१ आइतबार
युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारी पछि १७ जना अस्पताल भर्ना
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार