ओलीका काइते कुरा
नेपालबहस संवाददाता
जेठ ४, २०७७ आइतबार १४:१३:५४
४ जेठ, काठमाडौं । सरकारले हिजो शुक्रबार संसद्मा जारी गरेको नीति तथा कार्यक्रममा भारतले कब्जा गरेको लिम्यिाधुरा, लिपुलेक र कालापानीसहितको राजनीतिक नक्शा तत्काल सार्वजनिक गर्ने भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको कुरा कपटपूर्ण रहेको दावी गरिएको छ ।
केपी ओली सरकारले प्रचार गरेभन्दा फरक ढंगले नीति तथा कार्यक्रममा उल्लेख भएको पाइन्छ । सरकारको नीति तथा कार्यक्रमको बूँदा नं. २६९ मा सो नक्सा जारी गर्दा तीनवटा शर्तहरु राखिएको छन् । जसमा पहिलो छ– ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्रराष्ट्रसँगको सीमा सम्बन्धमा विगत लामो समयदेखि बाँकी रहेका र समय समयमा उठिरहेका विषयहरुको समाधान गरिने छ भनि उल्लेख छ ।
यस्तै दोस्रोमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिने भनिएको छ । तेस्रो सर्तका रुपमा भनिएको छ–तद्अनुरुप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिने छ ।
यी तीनवटा कुरा सँगसँगै राखेर हेर्ने हो भने ओली सरकार भारतले अतिक्रमण गरेको नेपाली भूमि दावी गर्न नसक्ने अवस्थामा रहेको छर्लङ्ग हुन्छ । पहिलो भनेको भारतसँग सर्वप्रथम कुटनीतिक माध्यमबाट विषयहरु उठान गरी समाधान गरिनेछ । यसका लागि कुटनीतिक पहल गरिने छ । यसरी नेपाल र भारतबीच सहमति भएपछि मात्रै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्ने विषय उल्लेख छ ।
उक्त बूँदाको अन्तिम वाक्यको शुरुमा तद्अनुरुप भन्ने शब्द रहेको छ । जसको स्पष्ट अर्थ हुन्छ, कुटनीतिक माध्यमबाट पहल गरी विषयको समाधान गर्ने र सो समाधानले दिएको उपाय अन्तर्गत रही नयाँ नक्सा जारी गर्ने भन्ने हो । तर यति स्पष्ट विषयलाई सञ्चार माध्यम र सामाजिक सञ्जालमा आज नै नेपाल सरकारले नयाँ नक्सा जारी गर्ने भन्ने जसरी प्रचार प्रसार गरिएको छ ।
ओली सरकारले भारतीय विस्तारवादी नीतिको विरोध गर्ने अवस्था नरहेको अब स्पष्ट भएको छ । नेपाली जनताको आँखामा छारो हाल्ने उद्येश्यले मात्र यस्ता काइते कुरा ल्याइएको पनि जनताले राम्रैसँग बुझेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरबारमा
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार