भारतमा मे ३१ सम्म लकडाउन थपियो
नेपालबहस संवाददाता
जेठ ४, २०७७ सोमबार १:३८:१०
४ जेठ, एजेन्सी । भारत सरकारले कोरोना भाइरसको नियन्त्रण र रोकथानका लागि भन्दै लकडाउनको अवधि ३१ मेसम्म थपेको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई थप १४ दिनका लागि बढाउने निर्णय गरेको हो ।
गत ४ मेदेखि गरिएको तेस्रो चरणको लकडाउनको अवधि आइतबार ‘१७ मे’ मा पूरा भएको छ । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएको शुक्रवार भिडियो कन्फरेन्समार्फत् विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग लकडाउन थप्ने वा नथप्ने सम्बन्धमा सम्वाद गरेका थिए । त्यसपछि शनिबार गृहमन्त्री अमित शाहले पनि राज्यका उच्च अधिकारीहरुसँग लकडाउनका विषयमा छलफल गरेका थिए ।
धेरैजसो मुख्यमन्त्रीहरुले संक्रमणको जोखिम कम नभएको हुँदा आर्थिक गतिविधिलाई क्रमश: सुचारु पार्दै लकडाउनलाई निरन्तता दिनुपर्ने सुझाव दिएका थिए । मुख्यमन्त्रीहरु दिएको तिनै सुझावका आधारमा लकडाउन लम्बाउने निर्णय गरिएको बुझिएको छ ।
त्यसो त लकडाउन केन्द्र सरकारले निर्णय गर्नुअघि नै कतिपय राज्यहरुले लकडाउन लम्बाउने निर्णय गरिसकेका छन् । महाराष्ट्र, तमिलनाडु, कर्नाटक, ओडिशा, पञ्जाब, बिहार, मिजोरमलगायतका राज्यहरुले यसअघि नै लकडाउनको अवधि बढाउने निर्णय गरिसकेका छन् ।
सोमबारबाट सुरु हुने चौथो चरणको लकडाउनको स्वरुप भने तय हुनै बाँकी छ । आइतबार रातिसम्म त्यसको टुंगो लाग्ने बताइएको छ । भारतले संक्रमणमा चीनलाई समेत उछिनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
नेपाली युवकको मलेसियामा मृत्यु
बैशाख ३१, २०८१ सोमबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार