ललितपुरका सबै पालिकाले शुरु गरे कोभिड–१९ परीक्षण
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार २१:५१:३५
७ जेठ, ललितपुर । काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमित व्यक्ति भेटिन थालेसँगै लालितपुरका ६ वटै स्थानीय तहमा कोरोना भाइरसको परीक्षण शुरु गरेका छन् । स्थानीय तहले स्वास्थ्य, सरसफाइ, सुरक्षा तथा राहत वितरणमा खटिएका कर्मचारी, जनप्रतिनिधि, चालक, सहचालक, सञ्चारकर्मीलगायतको परीक्षण गरिरहेका छन् । यो एक महिनाभित्र सङ्क्रमण फैलिएका जिल्लाबाट आएका नागरिकको समेत परीक्षण भइरहेको छ ।
ललितपुर महानगरपालिकाले शनिबार र आइतबार महानगरपालिका कम्पलेक्स, सोमबार लगनखेलचोक र मङ्गलबार हरिसिद्धिमा परीक्षण गरेको थियो । कतिपयको पिसिआर त कतिपयको आरडीटी विधिबाट परीक्षण गरिएको महानगरले जनाएको छ । शनिबार २११ को र आइतबार १४८ जनाको पीसीआर विधिबाट परीक्षण भएको थियो । शनिबार गरिएको परीक्षणको नतिजा नेगेटिभ आइसकेको छ भने आइतबार गरिएको परीक्षणको नतिजा आउन बाँकी छ ।
महानगरले शनिबार नै ११९ व्यक्तिको आरडीटी परीक्षण गरेको थियो । त्यस्तै सोमबार दिउँसो ३२९ जनाको आरडीटी परीक्षण भएको थियो । उनीहरु फलफूल, तरकारी, ग्यास बिक्रेता रहेको प्रवक्ता महर्जनले जानकारी दिए । मङ्गलबार विदेशबाट फर्किएका २७ व्यक्तिको आरडीटी परीक्षण गरिएको र त्यसको नतिजा आउन बाँकी रहेको महर्जनले जानकारी दिए ।
त्यस्तै गोदावरी नगरपालिकामा आइतबार ९६ जनाको स्वाब र १०९ जनाको आरडीटी परीक्षण गरिएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शत्रुघन शाहले सोमबार गोदावरीमा ६४ को पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको र १०९ को आरडिटी परीक्षण गरिएको जानकारी दिए । त्यस्तै मङ्गलबार सात जनाको स्वाब सङ्कलन र १३ जनाको आरडिटी परीक्षण गरिएको शाहले जानकारी दिए। उनले भने, “आरडीटी नेगेटिभ आइसकेको छ भने पीसीआरको रिपोर्ट आउन बाँकी नै छ ।”
महालक्ष्मी नगरपालिकाले आइतबार र सोमबार रेडजोनमा परेका जिल्लाबाट आएका, विदेशबाट आएर अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका व्यक्तिलगायतको परीक्षण भइरहेको जनाएको छ । आइतबार ६७ जनाको पीसीआरका लागि स्वाब सङ्कलन गरिएको र १९१ जनाको परीक्षण गरिएको थियो । त्यस्तै सोमबार ९२ स्वाब सङ्कलन र १७६ को आरडीटी परीक्षण गरिएको छ । आरडीटी परीक्षणको नतिजा नेगेटिभ आए पनि पिसिआर प्रविधिबाट गरिएको परीक्षणको नतिजा आउन बाँकी रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद श्रेष्ठले बताए ।
जिल्लाको दुर्गम क्षेत्रमा पर्ने तीन गाउँपालिकाले पनि कोभिड–१९ को परीक्षण अघि बढाइरहेका छन् । शनिबार महाँकाल गाउँपालिकाले ६१ को स्वाब र १३८ जनाको आरडीटी परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले बताए । उनले भने, “हाम्रो गाउँपालिकाभित्रका हालसम्म परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ देखिएको छ ।”
कोञ्ज्योसोम गाउँपालिकाले शुक्रबार नै ६० को स्वाब सङ्कलन र १३६ जनाको आरडीटी परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवलकिशोर महत्वले जानकारी दिए । उनले भने, “६२ जनाको नै स्वाब सङ्कलन गरी टेकु पठाउँदा सबैको रिपोट नेगेटिभ आएको छ ।” वाग्मती गाउँपालिकाले आज कोरोना परीक्षण गर्ने स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए ।
उपत्यकामा यो साता कोभिड–१९ सङ्क्रमित भेटिन थालेसँगै यहाँका सबै पालिकाले परीक्षण गरिरहेका हुन् । ललितपुरमा पहिलोपटक मङ्गलबार एक जनामा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित व्यक्ति कुन पालिकाको हो भन्ने अहिलेसम्म जानकारीमा आएको छैन । सबै पालिकाले कोभिड–१९ को परीक्षण अघि बढाइरहेकामा स्वास्थ्य मन्त्रालयले ती एकबाहेक अरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार