अब हामी माझ रहेनन् कांग्रेसका अग्रज नेता एवं पूर्व राज्यमन्त्री दूर्योधन चौधरी !
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार २३:४७:२५
९ जेठ, रुपन्देही । नेपाली कांग्रेसका अग्रज नेता एवं पूर्व राज्यमन्त्री दूर्योधन चौधरीकाे निधन भएको छ । वुटवलस्थित गौतम वुद्ध सामुदायिक मुट अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा नेता चौधरीको निधन भएको हो ।
स्वर्गीय चौधरी २०४८, २०५१ र २०५६ को आमनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसैक्रममा स्वर्गीय चौधरी महिला तथा सामाजकल्याण सहायक मन्त्री,आपूर्ति सहायकमन्त्री हुँदै स्थानीय विकास राज्यमन्त्री भएका थिए ।
स्वर्गीय चौधरीले वि.सं. २०२८ सालमा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका थिए । पार्टीको विभिन्न पदमा रहेर स्वर्गीय चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका दुई श्रीमती, तीन छोरा र एक छोरी छन ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले “नेपाली कांग्रेस रुपन्देहीका अग्रज नेता एवं पूर्व राज्यमन्त्री दूर्योधन सिंह थारु चौधरीको निधनको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ ।” स्वर्गीय चौधरीले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले चाैधरीकाे निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उता नेता चौधरीको निधनकाे खबरले आफु स्तब्ध र मर्माहत भएकाे रुपन्देही कांग्रेस क्षेत्र न २ का सभापति हरि लम्सालले बताएका छन् । सामाजिक सञ्जालमा एक शोक विज्ञप्ति जारी गदै सभापति लम्सालले नेपाली कांग्रेस रूपन्देहीको अभिभावक, सरल,विकासप्रेमी एवं जनप्रिय नेताको निधनले सिंगो रूपन्देही कांग्रेसलाई नै अपुरणीय क्षति पुगेको टिप्पणी गरेका छन् ।
उनले दुखको यो क्षणमा स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै बैकुण्ठमा बास होस् भन्ने कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गदै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं , जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार