महिला मृत फेला, हत्या आशङ्कामा युवक पक्राउ
Advertisement

९ जेठ, खोटाङ । खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र श्रीमानकाे पनि मृत्यु भइसकेको अवस्थामा एक्लै घरमा बस्दै आएकी रत्नकुमारीको शव आज बिहान घाँटीको÷दायाँ सामान्य चोट लागेको अवस्थामा फेला पारिएको हो ।

एकल महिलाको हत्या गरेको आशङ्कामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले बताए। “एकल महिलाको गए राति १०ः०० बजे घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, उनले भने, “पक्राउ परेका मुकेशले प्रहरी सामु ‘मान्छे मारेर आएको’ भनेका छन् ।”

महिलाको हत्यापछि आज बिहान सिम्पानीतर्फ जाँदै गरेका मुकेशलाई प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि वडासदस्य अर्जुन राईसँगै छिमेकीलाई हेर्न पठाउँदा महिला मृत फेला परेकी थिइन् । महिला हत्याको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए ।

Advertisement
Advertisement
अघिल्लो लेखट्राफिक प्रहरीलाई कुमारी बैंकको सहयोग
अर्को लेखमृतक शिक्षकका गाउँलेको कोरोना रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्