सरकारलाई कोरोनासँग हार्ने छुट छैन
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार १९:२४:४९
✍️ पुष्पराज खड्का
यतिबेला सरकार एकैसाथ दुई युद्वमोर्चामा होमिएको देखिन्छ । अहिलेको कोरोना र राष्ट्रियताको युद्व कहिलेसम्म जारी रहन्छ भन्ने कुरा अनि हारजितको पर्खाई पनि अनिश्चित नै छ । एकातिर कोरोनाको संक्रमण देशैभरी बाक्लो रुपमा फैलिंदै गइरहेको छ भने अर्कोतिर यही बेला सीमाको गाँठो वार कि पार हुने अवस्थातर्फ रापिलो बन्दै जाने देखिन्छ ।
अब सरकार खुट्टा दह्राे पारेर यी दुवै युद्वलाई जित्न अग्रसर हुनुको विकल्प छैन । सरकार देखावटी र कलमी राष्ट्रियता भन्दामाथि उठी दह्राे भएर लागेमा भारतसँगको सीमा समस्याको वारपार त ढिलो–चाँडो होला नै तर झिल्कोबाट डँडेलोको रुप लिइरहेको एक्काइसौँ शताब्दीका मानवजाति र विज्ञानलाई नै चुनौति दिने शक्तिशाली तर अदृष्य दुस्मन कोरोनालाई भने जतिसक्दो छिटो जित्नु पर्नेछ ।
आज देश लकडाउनमा भएको २ महिना पुरा भयो । तर, पनि कोरोनाको संक्रमण भने बढ्दो छ । फलस्वरुप देश चौतर्फी समस्याहरुबाट गुज्रिदै गइरहेको छ । देशको स्रोत–साधन, क्षमता, सरकारको काम गर्ने शैली, इच्छाशक्ति, पारदर्शिता लगायत समग्र कुराहरुको मुल्याङ्कन गर्ने हो भने कोरोनालाई पार लगाउन सरकारलाई त्राही–त्राही हुने निश्चित छ । लामो समयदेखिको लकडाउनले गर्दा देशभित्रका मानिसहरुको जनजीवन झन त्रासपुर्ण र कष्टकर उन्मुख छ । अर्थतन्त्र लगभग चौपट नै हुनेवाला छ भने मानवीय क्षतिको आँकलन अहिल्यै गरिहाल्न सक्ने अवस्था छैन ।
हजारौँको सङ्ख्यामा विदेशमा अलपत्र परेका र उद्वारको पर्खाईमा रहेका नेपालीहरु सरकारको भरोसामा हैन गुहारको अवस्थामा छन् । सामान्य अवस्थामा त सधैंको सुस्त सरकार झन यो संकटमा चङ्खो हुने कुरै भएन अनि जति सुस्त भयो त्यति समस्या थपिदै जानेछ । यतिबेला सरकारले देशभित्रै कोरोनाको संक्रमण बढ्दै गएको भन्दै तत्काल आजको भोलि नै विदेशबाट नागरिक फर्काइ हाल्ने छाँटकाट देखाएको छैन । भलै सरकार प्राथमिकताको आधारमा नागरिक फर्काउने गृहकार्यमा लागिरहेको भन्दै छ ।
कोरोनाबाट संक्रमण र मृत्यु हुनेको सङ्ख्या तुलना गर्ने हो भने स्वदेशमा भन्दा विदेशमा नेपालीहरुको अवस्था डरलाग्दो बन्दै गैरहेको छ । लाखौँको सङ्ख्यामा नेपाली रोजगारी र पढाइको लागि विदेशमा छन् । नेपालमा कोरोनाको संक्रमण फैलिनु भन्दा पहिलेदेखि नै अमेरिकी, युरोपियन र खाडी लगायत देशहरुमा यसको संक्रमण बाक्लो भैसकेकाले पनि विदेशमा रहने नेपालीहरु बढी प्रभावित र मारमा परिसकेका छन् ।
कोरोना प्रभावले विश्व अर्थतन्त्र नै धर्मराएको स्थितिमा विदेशमा हुने धरै नेपालीको रोजगारी गुम्ने खतरा बढ्दै गैरहेको छ ।जसको कारणले मुलुक फर्कन चाहनेको सङ्ख्या ह्वात्तै बढ्ने अनुमान गरिसकिएको अवस्थामा तत्काल उद्वार गर्नुपर्ने र विभिन्न मुलुकहरुमा अवैधानिक रुपमा रहेका नेपालीहरुलाई ती मुलुकहरुले समयावधी तोकेरै आफनो देश फर्काउन चालेको कदम नै यतिबेला सरकारलाई भारी भैसकेको छ । हाल तत्काल देश फर्काउन पर्ने नेपालीको सङ्ख्या तीस हजार छ । अब सरकारले ती नेपालीहरुलाई जति सक्दो छिटो नेपाल फर्काउन पर्ने छ भने यतिबेलै देशभित्र पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिदै गैरहेकाले सरकार दोहोरो मारमा परेको छ ।
कोरोना प्रभावको आर्थिक मुल्याङ्कन त बिस्तारै होला त्यो भन्दा पहिले विदेशभरी अपठ्यारोमा रहेका आफ्ना नागरिकको उद्वार, मानवीय साहयता र जीवन रक्षामा तत्काल सरकार प्रभावी बन्नु पर्ने देखिन्छ । हजारौँको सङ्ख्यामा विदेशमा अलपत्र परेका र उद्वारको पर्खाईमा रहेका नेपालीहरु सरकारको भरोसामा हैन गुहारको अवस्थामा छन् । सामान्य अवस्थामा त सधैंको सुस्त सरकार झन यो संकटमा चङ्खो हुने कुरै भएन अनि जति सुस्त भयो त्यति समस्या थपिदै जानेछ । यतिबेला सरकारले देशभित्रै कोरोनाको संक्रमण बढ्दै गएको भन्दै तत्काल आजको भोलि नै विदेशबाट नागरिक फर्काइ हाल्ने छाँटकाट देखाएको छैन । भलै सरकार प्राथामिकताको आधारमा नागरिक फर्काउने गृहकार्यमा लागिरहेको भन्दैछ ।
सरकारलाई विदेशबाट नेपाली फर्काउन क्वारेन्टाइन मुख्य चुनौती बनेको छ । एकसाथ ठुलो सङ्ख्यामा नागरिक फिर्ता ल्याउन पर्याप्त क्वारेन्टाइन बनाइएको छैन जबकी देश भित्रकै कोरोना संक्रमण हुनसक्ने मानिसलाई राख्नको लागि समेत क्वारेन्टाइन अभाव भैसकेको छ । विश्वभर कोरोनाको संक्रमण ब्यापक फैलिरहेको अवस्थामा नेपाललाई त्यसबाट बच्ने उपाय, आवश्यक पुर्व तयारी र सावधानीको लागि पर्याप्त समय नभएको चैं होइन । संक्रमण देखा परे पश्चात लकडाउन गर्ने बाहेकका काम कार्वाही प्रभावकारी हुन नसकेकै हो । भारतमा कोरोनाको संक्रमण बढ्दै गर्दा त्यहाँ ठुलो सङ्ख्यामा रहेका नेपालीहरुलाई न रोक्न सक्यो सरकारले न व्यवस्थित रुपमा भत्र्याएर क्वारेन्टाइनमा नै राख्न सक्यो जुन कुरा अहिले कोरोना संक्रमण रोकथामको लागि महङ्गो सावित हुदैंछ । अधिकांश संक्रमितहरु भारतबाटै आएका छन् । उनीहरुबाटै थप संक्रमण फैलिरहेको छ ।
अनि कोरोना संक्रमणको थप जटिल परिस्थितिको सामना गर्दै यस बीचमा आइपर्ने हरेक खाले समस्याहरुसँग जुधेर रोग, भोक र बेरोजगारीबाट सरकारले देशलाई बचाउला ? जनतालाई सुरक्षित राख्न सक्ला ? विदेशमा अलपत्र नागरिकको उद्वार गर्न सक्ला ? यी यावत प्रश्नहरु अहिलेको अवस्थासम्म अनुत्तरित नै छन् । सरकारप्रति आमनागरिकबाट प्रकट भैरहेको अविश्वासहरु, विरोधका स्वर र असन्तुष्टिलाई त नयाँ नक्साले केही मत्थर पारेको छ, अल्मल्याए जस्तो भएको छ, तत्कालको लागि प्रधानमन्त्री केपी ओलीलाई पनि आफ्नो कुर्सीको तनाव दुर भए कै छ । तर अब सरकारलाई कोरोनाबाट अलमल्लिने, रमिते बन्ने ,उखान–टुक्कामा भाका मिलाए रै बस्ने सुबिधा छैन ।
कोरोनाको विश्वव्यापी प्रभावलाई बेलैमा बुझेर सरकारले कोरोना परिक्षण कीट लगायत आवस्यक स्वास्थ्य सामाग्री व्यवस्था गर्न र भावी अवस्थालाई मुल्याङ्कन गरेर सातै प्रदेश र सीमा क्षेत्रमा कोरोना अस्पताल र व्यापक मात्रामा क्वारेन्टाइन सेन्टर तयार गर्ने अनि आवश्यक चिकित्सकको जनशक्ति तयारी अवस्थामा राखेको थियो भने यतिबेला कोरोनासँग लड्न धरै सहज हुन सक्थ्यो ।
तर, देशमा कोरोना भित्री सक्दासमेत सरकार भने स्वास्थ्य सामाग्री भित्र्याउनु त कता हो कता उल्टै स्वास्थ्य सामाग्री खरिदको अनियमिततामा फस्यो । देश लकडाउनको ६० दिनमा पुग्दा ३ जनाको मृत्यु र ६०० को आसपास संक्रमित भेटिसकेका छन् । देशैभर व्यवस्थित क्वारेन्टाइनको अभाव छ भने ६०० संक्रमित नपुग्दै बिरामीलाई एम्बुलेन्समै राख्नु पर्ने अवस्था आउनु कति सुखद कुरा हुन सक्ला ?? देशका विभिन्न भागमा आइसोलेसन वेड अभाव भैसक्यो, एम्बुलेन्सहरु विरामीलाई अस्पताल पुऱ्याउन मान्दैनन्, कोरोनाको लडाईँमा निजी अस्पतालहरु लाचार र अन्धो भएर बसेका छन्, नाफा कमाउने मौका हेरेर बसिरहेका छन् । तीनजनाको मृत्यु हुँदा नै शव अन्त्यष्टि गर्न समस्या हुन थालीसक्यो । मानिसका दैनिक जीवन त थप कष्टकर र त्रासदीपुर्ण बन्दै छ नै अनि अब यो संक्रमणको अवस्था छिट्टै कम हुने वा रोकिने कुरामा विश्वास गर्न सकिन्न ।
आगामी दिनहरु थप चुनौतीपुर्ण बन्दै जाने निश्चित छ । अनि कोरोना संक्रमणको थप जटिल परिस्थितिको सामना गर्दै यस बीचमा आइपर्ने हरेकखाले समस्याहरुसँग जुधेर रोग, भोक र बेरोजगारीबाट सरकारले देशलाई बचाउला ? जनतालाई सुरक्षित राख्न सक्ला ? विदेशमा अलपत्र नागरिकको उद्वार गर्न सक्ला ? यी यावत प्रश्नहरु अहिलेको अवस्थासम्म अनुत्तरित नै छन् । सरकारप्रति आमनागरिकबाट प्रकट भैरहेको अविश्वासहरु, विरोधका स्वर र असन्तुष्टिलाई त नयाँ नक्साले केही मत्थर पारेको छ, अल्मल्याए जस्तो भएको छ, तत्कालको लागि प्रधानमन्त्री केपी ओलीलाई पनि आफ्नो कुर्सीको तनाव दुर भएकै छ । तर अब सरकारलाई कोरोनाबाट अलमल्लिने, रमिते बन्ने ,उखान–टुक्कामा भाका मिलाएरै बस्ने सुबिधा छैन । कुनैपनि वहानामा कोरोनासँग हार्ने छुट सरकारलाई छँदै छैन ।
(लेखक खड्का कामकाे शिलशिलामा कुवेतमा बसाेबासरत छन् ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार