बजेट माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार २३:२०:१५
धीरुभाइ
११ जेठ, सप्तरी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्यसहितका नेताहरुले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई आइतबार ज्ञापनपत्र पठाएका छन । सरकारले नीति तथा कार्यक्रममा प्रतिष्ठानलाई नसमेटिएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत नेकपाका नेता कार्यकर्ता तथा नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन ।
ज्ञापनपत्रमा प्रधानमन्त्रीले नै उद्घोष गरेको विकास निर्माणको कार्यलाई मूर्तरुप दिन अगाडी बढिसकेको योजनालाई बीच बाटोमा अवरोध पार्ने, बेपत्ता पार्ने प्रबृतिविरुद्ध आन्दोलित हुनुपर्ने स्थिति प्रमको कार्यकालमा आउन नदिन विश्वासकासाथ त्यसतर्फसमेत ध्यानाकर्ष गराएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा नेकपा सप्तरीका सचिव तथा प्रदेश २ सभा सदस्य गोबिन्द न्यौपाने, नेकपाका नेता तथा पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादव, पार्टीका पूर्व सांसदहरु दानालाल चौधरी, असर्फी सदा, नेकपाका प्रदेश समिति सदस्यहरु महेशप्रसाद यादव, भागवत यादव, देवनाथ यादव राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य निरन्जन झा, अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश सचिव केदार देव, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली लगायतले हस्ताक्षर गरेका छन । .
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ भदौमा प्रदेश २ सभालाई सम्बोधन गर्दै गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नामबाट सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सिंह स्थापना गर्ने प्रतिबद्धता अनुसार गत आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा समाबेश भई रु ४० करोड बजेटसमेत विनियोजन गरेको थियो ।
ज्ञापन पत्रमा चालु आर्थिक वर्ष ०७६/०७७ मा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रु ४० करोड विनियोजन हुनुको साथै स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय, पूर्वाधार तयारी विकास समितिको गठनसँगै पदाधिकारी चयन भइसकेको तथा प्रतिष्ठानका लागि चाहिने ६१ बिघा जग्गा समेत व्यवस्था भइसकेको अवस्थामा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रतिष्ठानलाई समावेश नगरेको भन्दै निराशा बढ्ेको उल्लेख छ ।
सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समावेश नगरेपछि जनतामा निराशा, आशंका उत्पन्न भएकाले आर्थिक वर्ष ०७७/०७८ को बजेट वक्तब्य मार्फत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि रकम बिनियोजन गरी निर्माण कार्यलाई निरन्तरता दिन मागसमेत गरेका छन् । ज्ञापनपत्रमा प्रतिष्ठान निर्माणका लागि राजविराज नगरपालिका वडा नम्बर १० बिरौल स्थित ६१ बिघा जग्गा दिने निर्णय गरेर प्रतिष्ठानको नाममा दर्ता गराउन मन्त्री परिषदबाट निर्णय गराउन भूमि व्यवस्था मन्त्रालयमा पठाएपनि फाइल थन्काइएको भनिएकोे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार