सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन मङ्गलबार
नेपालबहस संवाददाता
जेठ १२, २०७७ मंगलबार २:४९:५२
१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको छैटौँ बर्खे अधिवेशन जेठ १३ गते प्रदेशसभा भवन धनगढीमा शुरु हुँदैछ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपाय अवलम्बन गरेर दिउँसो २ बजे यो अधिवेशन बस्न लागेको हो । कोभिड–१९को सम्भावित सङ्क्रमणवाट जोगिन प्रदेशसभा कक्षमा साविकमा राखिएका टेबुल कुर्सीलाई दूरी कायम हुने गरी व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए ।
‘‘सामाजिक दूरी कायम गरेर बस्नु पर्ने अहिलेको अवस्थामा बैठक कक्ष केही साँघुरो देखिएको छ, तर अन्य ठाउँमा विकल्प देखिएन”, सचिव धामीले भने, “सोही कक्षमा कम्तिमा पनि एक मिटर दूरी कायम गरेर प्रदेशसभा सदस्यलाई बस्ने कुर्सी टेबल राखेर सिटको व्यवस्थापन गरेका छौँ ।” बैठक कक्षमा प्रवेश गर्नेले सेनिटाइजर, मास्क, पञ्जा प्रयोग गर्नुपर्नेछ । यसका लागि यी सामग्रीको व्यवस्थापन प्रदेशसभा सचिवालयले गरेको छ । नेपालको संविधान बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शर्मीलाकुमारी पन्तले छैटौँ बर्खे अधिवेशन यही जेठ १३ गते दिउँसो २ बजेका लागि केही दिन अघि नै आह्वान गरेका थिए ।
अधिवेशनको पहिलो दिन सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयवाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा बारे सदनलाई जानकारी गराउनु हुने कार्यसूची छ । यस्तै प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टी९नेकपा०, नेपाली कांग्रेस र साविकको राष्ट्रिय जनता पार्टी ९हालको राष्ट्रिय समाजवादी पार्टी० का एक÷एक जना नेताले अधिवेशनको सफलताको शुभकामनाका साथै समसामयिक विषयमा मन्तव्य राख्नु हुनेछ ।
बजेट अधिवेशनका रुपमा लिइने यो अधिवेशनको पहिलो दिनको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रि बजेट पेश गर्नु हुने कार्यसूचीसमेत रहेको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन राजनैतिक दलका ५३ जना सदस्यहरु रहेका छन् ।
स्वास्थ्य जाँच नगराउनेलाई प्रवेश निषेध
कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि स्वास्थ्य जाँच नगराउने कसैलाई पनि बैठक कक्षमा प्रवेश गर्ने अनुमति दिइएको छैन । अधिवेशनको तयारीको क्रममा प्रदेशसभा सचिवालयको पहलमा प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्य, प्रदेश सभाका सदस्यहरु, मर्यादापालक, सुरक्षाकर्मी, सचिवालयका कर्मचारी र सञ्चारकर्मीलगायत २९४ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिसकिएको छ । ‘‘नमूना जाँच गर्ने सबैको नमूना ‘नेगेटिभ‘ आएको छ, सचिव धामीले भन्नुभयो, “नमूना परीक्षण नगरेकालाई बैठकमा प्रवेश गर्न दिइने छैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
संघीय संसद भवन पुगे राष्ट्रपति पौडेल [ फोटोफिचर ]
जेठ १, २०८१ मंगलबार
संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
जेठ १, २०८१ मंगलबार
राष्ट्रिय सभा अध्यक्षलाई कांग्रेसले दियो बैठक अवरुद्ध हुने जानकारी
जेठ १, २०८१ मंगलबार
सरकारी बजेटः कुल १७ खर्ब ५१, खर्च १० खर्ब ५६ अर्ब
जेठ १, २०८१ मंगलबार
अब सर्वोच्चमा पनि अनलाइनबाटै रिट दर्ता गर्न मिल्ने
जेठ १, २०८१ मंगलबार