हाट बजारकाे काउली जस्ता हाम्रा नेता
नेपालबहस संवाददाता
जेठ १३, २०७७ बुधबार ०:८:५
यज्ञप्रसाद भट्टराई
१३ जेठ, काठमाडौं । नेपालको आन्तरिक राजनितिमा भारतको प्रत्यक्ष रुपमा चासो र हस्तक्षेप दुबै उत्तिकै देखिने गरेको छ । नेपाल स्वाधिन राष्ट्र भए पनि राजनिति र कुटनितिमा सधैं पराधिन रहँदै आएको छ । अझ छिमेकी मुलुक चीन भन्दा पनि भारतको चासो नेपालको राजनितिमा प्रत्यक्ष रुपमा पर्दै आईरहेको छ । नेपालका जुनसुकै राजनैतिक परिवर्तनको संवाहकका रुपमा भारत आफुलाई अग्रपंतिमा देखाउँदै आएको छ । यसको प्रत्यक्ष तथा परोक्ष राजनैतिक फाईदा पनि भारतले निरन्तर रुपमा लिंदै आईरहेको पनि छ । नेपालका राजनैतिक दलहरुको उदगम स्थलको रुपमा लिईएको भारतमा नेपालमा हुने जुनसुकै राजनैतिक आन्दोलनहरुले कहीँ न कहीँ छुने गरेको छ ।
२०१७ सालको राजा महेन्द्रको राजनैतिक कदम बाहेक नेपाल आफैले नेतृत्व गरेर कुनै पनि राजनैतिक निर्णयहरु लिन सकेको देखिदैन । भारतको प्रत्यक्ष संलग्नतामा भएका राजनैतिक परिवर्तहरु बाहेकका नेपाली जनताले आफ्नै स्वविवेकले गरेका कुनै पनि राम्रा कामहरुलाई भारतले समर्थन गर्दैन । जुन कुरा नेपालले जारी गरेको संबिधानले नै स्पष्ट पारेको छ । भारत आकारमा ठूलो, कुटनितिमा अब्बल र शैन्य शक्तिमा शक्तिशाली राष्ट्रका रुपमा गणनामा आउने गर्दछ । नेपाल र भारतको सम्बन्ध भौगोलिक आकारमा र दुई राष्ट्रका बीचको सम्बन्धका रुपमा मात्रै सिमित छैन । सदियौंदेखि नेपाल र भारतमा नेपाली र भारतीयहरुको बाक्लो आवतजावत, विवाहवारी र बसोबाससमेत हुँदै आईरहेको छ ।
यसले दुई देशका बीच आपसी पारिवारिक सम्बन्धसमेत स्थापना गरेको छ । यसलाई दुबै देशले आपसी भाइचाराको रुपमा लिनु पर्ने देखिन्छ । नेपाली जनमानसमा एउटा भनाई रहेको छ : ठूलो रुखको ओत लाग । यसको मतलब ठूलो रुखको ओत लाग्यो भने एकझर ठूलै पानी झरीमा भिज्नबाट बँचिन्छ । यो उखानलाई भारतले भने उल्टो रुपमा व्यवहार देखाइरहेको छ । सानो माछालाई ठूलो माछाले खान्छ भन्ने बिषयमा लगेर जोड्ने गरेको पाईन्छ । अहिले नेपालमा पनि पुरानो उखान काम नलाग्ने देखिए पछि ठूलो रुखको फेदमा कहिल्यै पनि साना बिरुवाहरु उम्रनै नसक्ने कुरा तिर बिषयान्तर भएका छन् । हुन पनि भारतले नेपाललाई कहिल्यै पनि राजनितिक, आर्थिक, सामाजिक र सास्कृतिक विकासमा उभो लाग्न दिएको देखिदैन । यसमा सिंगो दोष भारतलाई मात्रै दिनु पनि अन्याय होला नेपालका राजनितिक भुक्त भोगिहरु पनि यसबाट अछुत रहन सकेको देखिँदैन ।
समाचार माध्यममा बारम्बार आउने गरेका केही अस्पष्ट र आधारहिन समाचारहरुले पनि नेपालको राजनितिमा भारतको एकाधिकार कायम रहेको अवस्था झल्किने गरेको देखिन्छ । अहिले नेपालमा मात्रै झण्डै पच्चिस हजारको हाराहारीमा नेपालका केही बरिष्ठ राजनितिज्ञहरु तथा सरकारी सेवाका उच्च पदस्थ अधिकारीहरु भारतीय दुताबासबाट आर्थिक सहयोग लिएर आफ्नो गुजारा चलाउछन् भन्ने अपुष्ट समाचारहरु आएका छन् । नेपालका राजनितिज्ञहरुको भारतीय पक्षपोषणका बिषयमा कता कता मिलिरहेको तारतम्यले हावा नचली पात हल्लिदैन भन्ने पुरानो नेपाली कहावतलाई स्पष्ट पादैन र ?
जनताले दिएको अभिमत भन्दा भारतले लिएको कदमलाई ठूलो ठान्ने नेपाली राजनितिको परनिर्भरताले आज विश्वमै स्वतन्त्र राष्ट्रका रुपमा रहेको नेपाल भारतको अघोषित गुलाम बन्न पुगेको छ । नेपाललाई विकासको बाटोमा हिँडाउँदा र आर्थिक अवस्थाले नेपाल सक्षम हुँदा भारतको मनोकांक्षा अनुरुप नेपालका नेताहरुलाई हिँडाउन नसकिने कुरा स्पष्ट रुपमा बुझेको भारतले नेपालका राजनैतिक दलका नेताहरुलाई स्थानीय हाट बजारमा बेच्न राखिएको काउली झै कौडिको भाउमा खरिद गरिरहेको छ । पैसाका लागि नेपाल आमाको अस्मिता समेत बेच्न पछि नपर्ने स्वघोषित राष्ट्रबादीहरुको फोस्रा आश्वासनमा परेर नेपालीले आफ्नो बचेखुचेको राष्ट्रियता समेत गुमाउने अवस्था सृजना हुन लागेको छ ।
नेपाली राजनितिका मुर्धन्य नेतृत्वहरुलाई भारतले ज्वाँई पाले झैं पालेको, नेपालको राजतन्त्र तिनै ज्वाँईहरुलाई अघि सारेर फालेको, नेपालमा अस्थिरता निम्त्याउन मधेसमा नेपालीहरुलाई उपयोग गरेर आगो बालेको, सीमा नाकामा पटक–पटक तगारो हालेको, हुँदा–हुँदा नेपालकै जमिन मिचेर कहिले कालापानी, कहिले लिपुलेक, कहिले लिम्पियाधुरा, कहिले सुस्ता त कहिले पशुपतिनगर लगायतका नेपाली भूमिमा आफ्ना नङ्गग्रा फैलाएको र यसैलाई पृष्ठपोषण गर्दै भारतीय मिडियाहरुलाई एकोहोरो नेपाल विरोधी समाचार बजाउन लगाएको देख्दा नेपाललाई भारतले कहिल्यै पनि एक छिमेकी स्वतन्त्र राष्ट्रको रुपमा हेरेको छैन भन्ने प्रष्ट हुँदैन र ?
नेपालमा २०४६ साल पछिका कुनै पनि सरकार गठन र परिवर्तन प्रत्यक्ष या परोक्ष रुपमा भारतीय राजदुतावासको संलग्नता बिना भएका छैनन् । जनताले दिएको अभिमत भन्दा भारतले लिएको कदमलाई ठूलो ठान्ने नेपाली राजनितिको परनिर्भरताले आज विश्वमै स्वतन्त्र राष्ट्रका रुपमा रहेको नेपाल भारतको अघोषित गुलाम बन्न पुगेको छ । नेपाललाई विकासको बाटोमा हिँडाउँदा र आर्थिक अवस्थाले नेपाल सक्षम हुँदा भारतको मनोकांक्षा अनुरुप नेपालका नेताहरुलाई हिँडाउन नसकिने कुरा स्पष्ट रुपमा बुझेको भारतले नेपालका राजनैतिक दलका नेताहरुलाई स्थानीय हाट बजारमा बेच्न राखिएको काउली झै कौडिको भाउमा खरिद गरिरहेको छ । पैसाका लागि नेपाल आमाको अस्मिता समेत बेच्न पछि नपर्ने स्वघोषित राष्ट्रबादीहरुको फोस्रा आश्वासनमा परेर नेपालीले आफ्नो बचेखुचेको राष्ट्रियता समेत गुमाउने अवस्था सृजना हुन लागेको छ ।
नेपालको आन्तरिक राजनितिमा भारतको नांगो हस्तक्षेप बन्द गराउन फेरि एक पटक आम नेपाली जनताहरु यो दलको या उ दलको झण्डा बोक्नु भन्दा पनि सिंगो नेपाली राष्ट्रिय झण्डा बोकेर, नेपाल आमालाई फेरी एक पटक सलाम ठोकेर, नेपाल आमाका शरिर भरि भारतले लगाएको घाउमा मलहम लगाउन, भारतलाई नेपाली इतिहासको आभाष दिलाउन, भारतले एकलौटी रुपमा मिचेको सम्पूर्ण जमिनमा फेरि एक पटक काँडे तारसहितको सिमाना लगाउन, नेपालको नक्सामा देखिएका असमझदारीहरु दुबै देशका कुटनैतिक पहलबाट सुल्झाउन, भारतमा रहेका नेपालीहरुलाई पटक–पटक भारत सरकारले देश निकाला गर्छु भनेर तर्साउने गरेको कुरामासमेत स्पष्ट रुपमा समस्या समाधान गर्न नेपाल तथा भारत सरकारलाई व्यापक दवाव दिन जरुरी छ । यसैले सदियौंदेखि नेपाल भारत बीच देखिँदै आएको सीमानाका मत भिन्नतासहितका द्विपक्षिय विवाद समाधान गर्न अब अबेर गर्न हुँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार